२१ भाद्र २०८३, आईतवार
,
Latest
बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका फास्ट बलर श्रीशान्तको सजाय सात बर्षमा झर्‍यो



अ+ अ-

काठमाडौं । भारतका फास्ट बलर श्रीशान्तको सजाय कम भएको छ ।सन् २०१३ को आईपीएलमा फिक्सिङमा दोषी ठहर भएर आजीवन प्रतिबन्धमा परेका उनको सजाय सात बर्षमा झरेको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अनुसार उनको सजाय १३ सेप्टेम्बर २०२० मा सकिनेछ । यता श्रीशान्तले प्रतिबन्ध हटेपछि रणजी ट्रफी खेल्ने र भारतको राष्ट्रिय टिमको ढोका ढकढक्याउने बताएका छन् ।

आफू फास्ट बलर भएको र रहने भन्दै उनले अझै ५ वर्ष क्रिकेट नछाड्ने बताएका छन् । आशिष नेहराले ३८ वर्षको उमेरमा टी–२० विश्वकप २०१६ खेलेको स्मरण गर्दै उनले क्रिकइन्फोसँग भनेका छन्, ‘म ३६ को भए । पुनरागमनका लागि मैले अझै एक वर्ष पर्खिनुपर्ट । तर मलाई लाग्छ उमेर सबथोक होइन ।’