२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया

स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने

स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने
अ अ+ अ-

काठमाडाैँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन/स्थापना सम्बन्धी कार्यविधि, २०८३’ तयार गरेको छ।

कार्यविधिअनुसार स्थानीय तहमा सञ्चालन हुने ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले घरमा एक्लोपन महसुस गरिरहेका वा हेरचाह आवश्यक भएका ज्येष्ठ नागरिकलाई दिनको समयमा भेटघाट, सामाजिक घुलमिल, मनोरञ्जन, स्वास्थ्य सेवा तथा परामर्शको अवसर उपलब्ध गराउनेछ।

दिवा सेवा केन्द्रलाई कम्तीमा हप्ताको पाँच दिन सञ्चालनमा राख्नुपर्ने व्यवस्था गरिएको छ। केन्द्रहरू ज्येष्ठ नागरिकमैत्री हुनुपर्ने र शौचालय, भान्सा, र्‍याम्प, आवतजावत गर्ने स्थानमा समाउने रेलिङ तथा आवश्यक अन्य संरचना व्यवस्थित गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षालाई समेत कार्यक्रममा प्राथमिकता दिइएको छ। उनीहरूको स्वास्थ्य उपचारका लागि कम्तीमा महिनामा एकपटक सरकारी, निजी वा सामुदायिक अस्पतालका चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गराउने, आवश्यक औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन सहयोग गर्ने र आवश्यकताअनुसार स्वास्थ्यलगायत अन्य परामर्श सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ।

दिवा सेवा केन्द्रमा ज्येष्ठ नागरिकका लागि स्वच्छ खाजा तथा तातो–चिसो पिउने पानीको व्यवस्था गर्नुपर्नेछ। सेवा लिने ज्येष्ठ नागरिकको इच्छाअनुसार कम्तीमा तीन महिनामा एकपटक धार्मिक तथा सांस्कृतिक स्थल, पार्क, वनभोज वा अन्य मनोरञ्जनात्मक गतिविधिमा सहभागी गराउन सकिने व्यवस्था पनि कार्यविधिमा समेटिएको छ।

कार्यविधिले ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र जीवनअनुभवलाई नयाँ पुस्तासँग हस्तान्तरण गर्ने विषयलाई विशेष प्राथमिकता दिएको छ। यसका लागि प्रवचन, अन्तरक्रिया तथा अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गरी अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। यसबाट पुस्ताबीचको दूरी कम गर्दै ज्येष्ठ नागरिकको अनुभवलाई समाजको उपयोगी स्रोतका रूपमा स्थापित गर्ने मन्त्रालयको लक्ष्य छ।

त्यस्तै, ज्येष्ठ नागरिकले आफूसँग रहेको सीप प्रयोग गरी कुनै सामग्री उत्पादन, निर्माण वा बिक्री वितरण गर्न चाहेमा त्यसका लागि आवश्यक सहजीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। सक्रिय बुढ्यौली र उद्यमशीलता प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्नु पनि कार्यक्रमको उद्देश्यमा समेटिएको छ।

ज्येष्ठ नागरिकलाई उनीहरूको इच्छाविपरीत कुनै कार्यक्रममा सहभागी गराउन नपाइने स्पष्ट व्यवस्था गरिएको छ। केन्द्र सञ्चालनका क्रममा ज्येष्ठ नागरिकको गरिमा, सुरक्षा र स्वेच्छालाई प्राथमिकतामा राख्नुपर्नेछ।

कार्यक्रम संघीय सरकारबाट स्थानीय तहमा उपलब्ध गराइने सशर्त अनुदानमार्फत सञ्चालन गरिनेछ। अनुदान रकम सम्बन्धित आर्थिक वर्षभित्र खर्च नभए बाँकी रकम संघीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने व्यवस्था छ।

कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन संघीय, प्रदेश तथा स्थानीय सरकारका सम्बन्धित निकायबाट गर्न सकिनेछ। स्थानीय तहले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र कार्यक्रमको भौतिक तथा वित्तीय प्रगति, लाभान्वित ज्येष्ठ नागरिकको विवरण, मुख्य उपलब्धि, समस्या, चुनौती तथा सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पठाउनुपर्नेछ।

यस कार्यविधिमार्फत स्थानीय तहमा ज्येष्ठ नागरिकका लागि केवल बस्ने वा भेटघाट गर्ने केन्द्र मात्र नभई स्वास्थ्य, सामाजिक सहभागिता, मनोरञ्जन, सीप, अनुभव हस्तान्तरण र सक्रिय बुढ्यौलीलाई जोड्ने बहुआयामिक दिवा सेवा केन्द्र विकास गर्ने आधार तयार भएको छ।