५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् वरिष्ठ निर्देशक राना



अ+ अ-

काठमाडौं । नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर राना मगरको निधन भएको छ ।

उनको बुधबार दिउँसो ३ बजे जावलाखेलस्थित निदान अस्पताल उपचारको क्रममा निधन भएको भाइ रन्जित राना मगरले पुष्टि गरे ।

लामो समयदेखि मधुमेह रोगबाट पीडित ६४ वर्षे मगरको गतबर्ष मृगौला प्रत्यारोपण समेत गरिएको थियो ।

कर्जाबाट नेपाली फिल्म निर्देशनमा होमिएका मगरले राँको, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, कब हुई मिलन हमारा, मिस्टर मंगले, चक्र बन्धकी, घुम्टो, जस्ता हिट फिल्म दिएका थिए ।