१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

उपसभापतिमा निर्वाचित भएपछि खड्का पुगे भट्टराई आश्रम

उपसभापतिमा निर्वाचित भएपछि खड्का पुगे भट्टराई आश्रम
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का कृष्णप्रसाद भट्टराईको ललितपुरको बाडेगाउँमा रहेको कुटीमा पुगेका छन् । 

उनले त्यहाँ रहेको भट्टराईको शालिकमा माल्यार्पण गरेका थिए । किसुनजीलाई आर्दश मान्ने खड्का उपसभापतिमा निर्वाचित भएपछि नै पहिले त्यहाँ पुगेका हुन् । कांग्रेसको इतिहासमा खड्का र धनराज गुरुङ पहिलो निर्वाचित उपसभापति बन्न सफल भएका छन् । उपसभापतिमा निर्वाचित खड्का र गुरुङले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै क्रमशः २१२१ र १९०८ मत प्राप्त गरेका थिए ।

उनी कांग्रेसका युवा नेता रामहरि खतिवडासँगै त्यहाँ पुगेका हुन् । उपसभापतिमा निर्वाचित हुनुभन्दा अघि उनी महामन्त्रीको भूमिकामा थिए । उनी पदमा रहँदा होस वा नरहँदा होस, किसुनजीको आश्रममा प्रायः गईरहन्छन् । 

कांग्रेसमा खड्का अत्यन्तै लोकप्रिय नेताको रुपमा परिचित छन् ।