१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नवनिर्वाचित महामन्त्रीद्वय भन्छन्– बदलिएको र बलियो कांग्रेस बनाउने आकांक्षाको जित

नवनिर्वाचित महामन्त्रीद्वय भन्छन्– बदलिएको र बलियो कांग्रेस बनाउने आकांक्षाको जित
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले पार्टीलाई विधिसङ्गत ढङ्गले सुदृढ बनाएर लैजाने बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा विजय भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै आज उहाँले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने र जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “महाधिवेशनमा मलाई महामन्त्री पदको जिम्मेवारी दिलाउने महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन चाहन्छु । यो विश्वास र जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्नेछु ।” परिवर्तनका सम्वाहक युवाको भरोसाको पार्टी बनाउन आफू लागिपर्ने उल्लेख गर्दै उहाँले महामन्त्रीमा निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिलाई एक दिन पनि गलत व्यक्तिलाई छानेछु भन्ने अवस्था आउन नदिने विश्वास दिलाउनुभयो ।

उहाँले आफूसँग निर्वाचित भएका पदाधिकारीसँग मिलेर पार्टी सभापतिलाई काम गर्न तागत पु¥याउने र पार्टीलाई व्यवस्थित बनाउने उल्लेख गर्नुभयो । मत धेरै पाउनु भनेको विश्वास पनि धेरै पाउनु हो भन्दै उहाँले परिपक्व ढङ्गबाट जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो ।

नवनिर्वाचित अर्का महामन्त्री विश्वप्रकाश शर्माले परिवर्तनको यात्रामा दुई युवालाई महामन्त्रीमा विजयी गराई रूपान्तरणको आकांक्षालाई महाधिवेशनको मतले प्रकट गरेको बताउनुभयो । देशले दुई युवा महामन्त्रीले हल बाँधिएर काम गरुन् भन्ने अपेक्षा गरेकाले आफू सोहीअनुसार अगाडि बढ्ने उद्घोष गर्दै उहाँले निर्वाचनको प्रतिस्पर्धा सकिएकाले अब काममा प्रतिस्पर्धा गरेर देखाउने बताउनुभयो । 

निर्वाचनबाट निश्चित व्यक्तिको विजयभन्दा पनि बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको उहाँले उल्लेख गर्नुभयो । आफूलाई फरकफरक समूहबाट पनि आएका मतको कदर गर्ने विश्वास दिलाउँदै महामन्त्री शर्माले रूपान्तरित कांग्रेस बनाई आगामी निर्वाचनमा विजयी गराउने लक्ष्यका साथ अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

महाधिवेशनअन्तर्गत दुई महामन्त्री पदका लागि भएको मतदानको आज सम्पन्न मतगणनामा महामन्त्री पदमा थापा र शर्मा विजयी हुनुभएको हो । थापाले तीन हजार २३ र शर्माले एक हजार ९८४ मत ल्याउनुभएको थियो । त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार डा प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, डा मीनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत प्राप्त गर्नुभएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानमा चार हजार ६८२ मत खसेकामा सबैभन्दा बढी मत थापाले ल्याउनुभएको हो भने शर्माले दोस्रो बढी मत प्राप्त गर्नुभएको छ ।