काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि सिफारिस गरेको छ।
परिषद्का एक सदस्यका अनुसार सिफारिसमा परेका चारै जना उच्च अदालतका मुख्य न्यायाधीश हुन्। उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दबाहेक अन्य उच्च अदालतका मुख्य न्यायाधीशलाई सर्वोच्चका लागि सिफारिस गरिएको हो।
सिफारिस हुने न्यायाधीशमा चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलगायत चार जना रहेका छन्।
न्यायपरिषद्को सिफारिसपछि अब उनीहरूको नियुक्ति प्रक्रिया संवैधानिक व्यवस्थाअनुसार अघि बढ्नेछ।








