२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा

दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय

दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय
अ अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाई समितिले प्रस्तावित १३ जना राजदूतको संसदीय सुनुवाई दशैँअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले असोज २६, २७ र २८ गते सुनुवाई गर्ने तथा २९ गते प्रतिवेदन लेखन र सिफारिस गर्ने कार्यतालिका तय गरेको हो।

समितिको बैठकमा प्रस्तावित राजदूतहरूको नियुक्ति प्रक्रिया र सुनुवाईको समयतालिकाबारे सांसदहरूबीच लामो छलफल भएको थियो। केही सदस्यले चाडपर्वको समय तथा जिल्ला भ्रमणको कार्यतालिकालाई ध्यानमा राख्दै सुनुवाई दशैँपछि गर्नुपर्ने धारणा राखेका थिए।

तर, विभिन्न कूटनीतिक नियोगमा राजदूतको अभावले पारेको असर र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राख्दै सुनुवाई प्रक्रिया छिटो टुंग्याउनुपर्नेमा समिति सहमत भएको हो।

समितिले सुनुवाई प्रक्रियालाई औपचारिकतामा मात्र सीमित नगर्ने जनाएको छ। प्रस्तावित राजदूतहरूको बायोडाटा तथा कार्ययोजनाको गम्भीर अध्ययन गरी सुनुवाईलाई रचनात्मक र प्रभावकारी बनाउने निर्णय गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रस्तावित १३ राजदूतविरुद्ध सातवटा उजुरी परेका छन्। तीमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतविरुद्ध छन् भने पाँचवटा उजुरी एक–एक जना उम्मेदवारलाई लक्षित गरी परेको छ। सामान्य प्रकृतिका उजुरीलाई छिटो टुंग्याइने र जटिल प्रकृतिका उजुरीका हकमा आवश्यक परे छुट्टै उपसमिति गठन गरी छानबिन गरिने उहाँले बताउनुभयो।

मंगलबारको बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी खोलिनुका साथै उनीहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गरिएको छ।

समितिले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलगायतका कूटनीतिक संवेदनशीलतालाई समेत ध्यानमा राखेर सुनुवाई प्रक्रिया दशैँअघि नै सम्पन्न गर्ने निर्णय गरेको हो।

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापालाई राजदूतमा सिफारिस गरेको छ।

त्यस्तै, संयुक्त अधिराज्य (बेलायत) का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरवशमशेर जबरालाई, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई सिफारिस गरिएको छ।

जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम पनि राजदूतका लागि सिफारिस गरिएको छ।