काठमाडाैँ । बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ज्ञापनपत्र बुझ्नुभएको छ ।
सहकारी अभियानका तर्फबाट बुझाइएको ज्ञापनपत्र उहाँले आज बुझ्नुभएको हो ।
सहकारीले बचत फिर्ता गर्न नसकेपछि बाग्मती प्रदेश सरकारसँग बचत फिर्ता गरिदन माग गर्दै ज्ञापनपत्र बुझाइएको राष्ट्रिय सहकारी सुदृढीकरण समितिका सचिव मनोज गोपालीले राससलाई बताउनुभयो ।








