२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा

एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा

एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा
अ अ+ अ-
 काठमाडाैँ । नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।
हुम्लाको अदानचुली गाउँपालिका–५ च्याममा एक महिनादेखि फोरजी सेवा बन्द थियो । स्थानीय निकायको निरन्तर प्रयासपछि सोमबारदेखि फोरजी सेवा पुनःसञ्चालनमा आएको वडा नं ५ का वडा सदस्य सिंह बोहराले बताउनुभयो ।
टावर सञ्चालनका लागि एक सातादेखि निरन्तर मर्मतको प्रयास भइरहेको थियो । नेपाल टेलिकमका इन्जिनियर वीरेन्द्र खत्रीको टोलीले निरन्तर मर्मत गरी प्राविधिक समस्या समाधान गरेको हो ।
च्याममा राखिएको टावरमा समस्या नभए पनि मुगुको सोरुमा राखिएको टावर डाउन हुँदा कनेक्सन अवरुद्ध भएको र प्राविधिक टोली सोरुमा गई टावर मर्मत गरेपछि सेवा सञ्चालनमा आएको प्राविधिक प्रेम रोकायाले बताउनुभयो ।
टावर बन्द हुँदा च्यामलगायत आसपासका नागरिक लामो समयसम्म मोबाइल तथा इन्टरनेट सेवाबाट प्रभावित भएका थिए । आपत्कालीन अवस्थामा फोन सम्पर्क गर्नसमेत समस्या हुँदै आएको स्थानीयको गुनासो थियो ।
यसअघि नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी रामबहादुर बोहोराले टावरमा आवश्यक सामग्री तथा प्राविधिक समस्याका कारण मर्मतमा ढिलाइ भएको बताउनुभएको थियो ।
यसअघि सुर्खेतबाट प्राविधिक टोली आएर टावरको अवस्था हेरे पनि आवश्यक सामग्री नपुगेपछि मर्मत पूरा नगरी फर्किएको थियो ।
लामो समयपछि फोरजी सेवा पुनःसञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गरेका छन् ।