१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar लगानीको वातावरण सुधार्न कानुनी र प्रक्रियागत सुधार आवश्यक : मन्त्री गौतम News Polar सुधारिएका कानूनहरु प्रभावकारी रुपमा लागू भएमात्रै लगानी बढ्छः ढकाल News Polar आफन्तको संरक्षणमा फर्किए रसुवा बाढीमा आमाबुवा गुमाएका २३ बालबालिका News Polar प्रधान सेनापति अशोक राज सिग्देल बेलायत प्रस्थान News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा News Polar फिर्के खोला अतिक्रमण हटाउने अभियान तीव्र, २६ पक्की संरचनामा चल्यो डोजर News Polar किताब बगाएपछि पर्वतका बालबालिकालाई पढाइको पीर News Polar प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक News Polar भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी News Polar कांग्रेस महाधिवेशन : बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु News Polar पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा News Polar सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुई जना पक्राउ News Polar किसानका समस्या बुझ्न मन्त्री चौधरी सैनामैनामा News Polar धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि बाँकेका किसान चिन्तित News Polar पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिँदै News Polar कांग्रेस महाधिवेशनः बन्द सत्रको एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक बस्दै News Polar ‘काठमाडौँ क्लाइमेट विक २०२६’ सम्पन्न, जलवायु न्यायका लागि १६ बुँदे ‘काठमाडौं आह्वान’ जारी News Polar नेपाललाई काठमा आत्मनिर्भर बनाउने कार्ययोजना बनाउन मन्त्री चौधरीको निर्देशन News Polar स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य News Polar बाग्लुङमा माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिँदै

पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिँदै
अ अ+ अ-
काठमाडाैँ । पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिने भएको छ ।
ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिको आइतबार साँझ बसेको बैठकले पर्यटन क्षेत्रको साझा समस्या समाधानका लागि महासङ्घ बनाएर अगाडि बढ्ने निर्णय गरेको हो ।
बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), पाट्टा नेपाल, नारालगायत संस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
नयाँ गठन गर्न लागिएको महासङ्घले पर्यटनका साझा मुद्दामा एकीकृत आवाज, समन्वय र सहकार्यको प्रभावकारी माध्यमका रूपमा काम गर्ने अवधारणा अघि सारिएको छ । बैठकले एकीकृत समूह, एकीकृत अवधारणा र  एकीकृत आवाजका साथ पर्यटन क्षेत्रका साझा समस्या पहिचान गरी सरकार तथा सम्बन्धित निकायसँग संस्थागत संवाद र संयुक्त पहल गर्नुपर्नेमा जोड दिएको छ ।
बैठकले भदौ १० गते आएको बाढी तथा विपद्मा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
विपद्का कारण अझै बेपत्ता रहेका व्यक्तिहरूको खोज तथा उद्धारलाई तीव्र र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दै मृतक तथा बेपत्ता पर्यटनकर्मी र उनीहरूका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै, भदौ १० को विपद्का पीडितहरूको स्मृतिमा अन्तरराष्ट्रियस्तरको स्मारक पार्क निर्माण गर्न सरकारसँग आग्रह गर्ने निर्णय पनि गरिएको छ ।
सरकारले लामो समयपछि पर्यटन क्षेत्रलाई समयानुकूल बनाउन नयाँ पर्यटन ऐन ल्याउने तयारी गरिरहेको सन्दर्भमा बैठकले नेपालको भौगोलिक, प्राकृतिक, सांस्कृतिक तथा पर्यटन व्यवसायको वास्तविक अवस्था र अन्तरराष्ट्रिय अभ्यासलाई ध्यानमा राखेर व्यावहारिक, समावेशी, लगानीमैत्री, सुरक्षित तथा दिगो पर्यटन विकास सुनिश्चित गर्ने गरी नयाँ ऐन निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
यस्तै, बैठकले नेपाल पर्यटन बोर्डको बजेट तथा कार्यक्रमबारे पनि छलफल गरेको छ । निजी क्षेत्रका प्रतिनिधिले वर्तमान पर्यटन बजार, अन्तरराष्ट्रिय प्रतिस्पर्धा र पर्यटन उद्योगको आवश्यकतालाई ध्यानमा राख्दै बोर्डको बजेट अझ बढी पर्यटनमैत्री, व्यवसायमैत्री, परिणाममुखी र परिवर्तनकारी हुनुपर्ने धारणा राखेका छन् ।
पर्यटन प्रवद्र्धनलाई बजेट खर्च गर्ने विषयमा मात्र सीमित नगरी बजार अनुसन्धान, अन्तरराष्ट्रिय मार्केटिङ, डिजिटल तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग, नयाँ पर्यटक बजार विस्तार, नयाँ गन्तव्य तथा पर्यटन उत्पादन विकास र मापनयोग्य परिणामसँग जोड्नुपर्नेमा बैठकले जोड दिएको छ ।