१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar लगानीको वातावरण सुधार्न कानुनी र प्रक्रियागत सुधार आवश्यक : मन्त्री गौतम News Polar सुधारिएका कानूनहरु प्रभावकारी रुपमा लागू भएमात्रै लगानी बढ्छः ढकाल News Polar आफन्तको संरक्षणमा फर्किए रसुवा बाढीमा आमाबुवा गुमाएका २३ बालबालिका News Polar प्रधान सेनापति अशोक राज सिग्देल बेलायत प्रस्थान News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा News Polar फिर्के खोला अतिक्रमण हटाउने अभियान तीव्र, २६ पक्की संरचनामा चल्यो डोजर News Polar किताब बगाएपछि पर्वतका बालबालिकालाई पढाइको पीर News Polar प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक News Polar भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी News Polar कांग्रेस महाधिवेशन : बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु News Polar पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा News Polar सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुई जना पक्राउ News Polar किसानका समस्या बुझ्न मन्त्री चौधरी सैनामैनामा News Polar धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि बाँकेका किसान चिन्तित News Polar पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिँदै News Polar कांग्रेस महाधिवेशनः बन्द सत्रको एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक बस्दै News Polar ‘काठमाडौँ क्लाइमेट विक २०२६’ सम्पन्न, जलवायु न्यायका लागि १६ बुँदे ‘काठमाडौं आह्वान’ जारी News Polar नेपाललाई काठमा आत्मनिर्भर बनाउने कार्ययोजना बनाउन मन्त्री चौधरीको निर्देशन News Polar स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य News Polar बाग्लुङमा माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार

अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार

अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार
अ अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यसअघि बाह्रौँ महाधिवेशनदेखि नै निरन्तर महासमिति सदस्य सत्तार कांग्रेसको जारी १५औँ महाधिवेशनमा गोरखा–२ बाट महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।

कांग्रेसको दुई कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएका सत्तारले यस पटक भने मुस्लिम क्लस्टर तर्फबाट सहमहामन्त्रीमा उम्मेदवारीको घोषणा गर्नुभएको हो ।

सत्तार नेपाली कांग्रेसको भगिनी सङ्गठन नेपाल मुस्लिम सङ्घको संस्थापक सभापति हुनुहुन्छ । उहाँले पार्टीलाई थप सुदृढ र प्रभावकारी एवं समावेशी बनाउन तथा वर्तमान अवस्थामा युवाले चाहेजस्तो सक्षम कांग्रेस बनाउन आफूले पदाधिकारीमा उम्मेदबार दिएको बताउनुभयो ।  रासस