१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar किताब बगाएपछि पर्वतका बालबालिकालाई पढाइको पीर News Polar प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक News Polar भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी News Polar कांग्रेस महाधिवेशन : बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु News Polar पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा News Polar सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुई जना पक्राउ News Polar किसानका समस्या बुझ्न मन्त्री चौधरी सैनामैनामा News Polar धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि बाँकेका किसान चिन्तित News Polar पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासङ्घ’ गठन गरिँदै News Polar कांग्रेस महाधिवेशनः बन्द सत्रको एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक बस्दै News Polar ‘काठमाडौँ क्लाइमेट विक २०२६’ सम्पन्न, जलवायु न्यायका लागि १६ बुँदे ‘काठमाडौं आह्वान’ जारी News Polar नेपाललाई काठमा आत्मनिर्भर बनाउने कार्ययोजना बनाउन मन्त्री चौधरीको निर्देशन News Polar स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य News Polar बाग्लुङमा माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु, एकजनाको उद्धार News Polar यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँकहाँ? News Polar विपद्का बेला न्यायपालिका सञ्चालनका लागि बलियो डिजिटल पूर्वाधार आवश्यक : प्रधानन्यायाधीश शर्मा News Polar अर्यालको टिप्पणी : ‘संवैधानिक लोकतन्त्र र राजनीतिक संस्कृतिको जगेर्ना होस्’ News Polar अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार News Polar मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ News Polar बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
अ अ+ अ-

झापा। सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ ।

सम्भावित अवैध गतिविधि नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार झापा–इलाम सीमावर्ती क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन गरिएको हो ।

मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायत पालिकासँग सीमा जोडिएका तथा आवतजावतका लागि प्रयोग हुने स्थानको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे समितिले जानकारी लिएको हो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले सदरमुकामबाट भौगोलिक रूपमा टाढा र सहज पहुँच नभएका सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउन अनुगमन गरिएको बताउनुभयो । मुख्य नाकाबाहेकका वैकल्पिक सडक तथा ग्रामीण मार्गमा हुनसक्ने अवैध ओसारपसार तथा तस्करीलाई सुक्ष्म रूपमा निगरानीमा राखिएको उहाँले बताउनुभयो ।

इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लाबाट झापाको बाटो हुँदै भारततर्फ अवैध निकासी हुनसक्ने सम्भावनालाई मध्यनजर गरी संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइएको हो । यसबाट सम्भावित राजस्व चुहावट नियन्त्रणसँगै सीमा क्षेत्रमा हुने अवैध वस्तुको ओसारपसार, सीमा अपराध रोक्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

“मुख्य नाकासँगै वैकल्पिक बाटो र ग्रामीण क्षेत्रबाट अवाञ्छित गतिविधि हुनसक्ने भएकाले ती क्षेत्रको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे जानकारी लिन स्थलगत अनुगमन गरिएको हो”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावित अवैध गतिविधिको सूचना तत्काल आदानप्रदान गरी आवश्यक कारबाहीका लागि सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपालका सम्बन्धित युनिटलाई आ–आफ्नो कार्यक्षेत्रमा नियमित गस्ती तथा ‘पेट्रोलिङ’ प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।

सीमावर्ती क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटले अवैध गतिविधि नियन्त्रणका लागि गरेका प्रयास, सुरक्षा उपस्थिति, गस्ती तथा कारबाहीको अवस्थाबारे प्रत्येक १५ दिनमा जिल्ला सुरक्षा समितिमा विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्राप्त विवरणका आधारमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था मूल्याङ्कन गरी आवश्यक रणनीति तय गरिने प्रजिअ पोखरलले जनाउनुभयो ।

अनुगमनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक उमेश पाण्डेलगायत सुरक्षा निकायका अधिकारीको सहभागिता थियो ।

प्रजिअ पोखरेलका अनुसार नजिकिँदै गरेको चाडपर्वका समयमा सीमावर्ती क्षेत्रबाट पटका तथा अन्य अवैध सामग्रीको ओसारपसार हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसतर्फ थप सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको छ । रासस