१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी

आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी
अ अ+ अ-
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विजय सम्बाहाम्फेले आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

त्यागी तथा बौद्धिक नेताका रूपमा परिचित सम्बाहाम्फेले ‘नेपाली कांग्रेसको आस्था र प्रतिष्ठालाई युगसापेक्ष उचाइमा पुर्‍याऔँ, त्यागी तथा बौद्धिक नेता विजय सम्बाहाम्फेलाई जिताऔँ’ भन्ने नारासहित उम्मेदवारी अघि सारेका हुन् ।

नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय सम्बाहाम्फेले पार्टीका विभिन्न तहमा रहेर संगठन निर्माण, नीति तथा बौद्धिक बहस, शिक्षा र सामाजिक क्षेत्रमा योगदान दिँदै आएका छन् । तेह्रथुम जिल्ला कार्यसमितिको कोषाध्यक्षबाट सांगठनिक जिम्मेवारी सुरु गरेका उनले पार्टीको सूचना तथा सञ्चार विभागको केन्द्रीय सदस्य र पेशागत तथा बुद्धिजीवी विभागको सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

यसअघि महासमिति सदस्य रहेका सम्बाहाम्फे हालै तेह्रथुमबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा तेह्रथुम ‘ख’ बाट कांग्रेसका उम्मेदवार बनेका उनी थोरै मतान्तरले पराजित भएका थिए । निर्वाचनमा पराजित भए पनि उनले पार्टी संगठन, नीति निर्माण तथा सामाजिक क्षेत्रमा आफ्नो सक्रियता निरन्तरता दिएका छन् ।

राजनीतिसँगै व्यवसायमा समेत सक्रिय सम्बाहाम्फेले शिक्षा, पर्यटन, कृषि, जलविद्युत् तथा बैंकिङ र वित्तीय क्षेत्रमा लगानी गरेका छन् । उनका व्यवसाय तथा लगानीबाट रोजगारी सिर्जना हुनुका साथै विभिन्न परिवारलाई आत्मनिर्भर बन्न सहयोग पुगेको बताइएको छ ।

सम्बाहाम्फे शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्वका रूपमा समेत परिचित छन् । निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेका उनले शिक्षा क्षेत्रको सुधार र रूपान्तरणका लागि विभिन्न नीतिगत अवधारणा तथा योजनामा काम गरेका थिए । उनले विभिन्न विकसित मुलुकको शिक्षा प्रणाली, नीति तथा अभ्यासको अध्ययनसमेत गरेका छन् ।

शिक्षा क्षेत्रको अनुभव र क्षमताका आधारमा सरकारले उनलाई राष्ट्रिय उच्च शिक्षा आयोगको सदस्यको जिम्मेवारीसमेत दिएको थियो ।

कांग्रेसका विभिन्न तहका नेतासँग उनको सौहार्दपूर्ण सम्बन्ध रहेको पार्टीका नेताहरू बताउँछन् । उनको उम्मेदवारीलाई पार्टीभित्र अनुभव, समन्वय क्षमता र बौद्धिकताको प्रतिनिधित्वका रूपमा हेरिएको छ ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य भागीमान गुरुङले सम्बाहाम्फेको उम्मेदवारीले आदिवासी जनजाति समुदायमा उत्साह थपिएको बताए । लामो राजनीतिक अनुभव, बौद्धिक क्षमता र विभिन्न क्षेत्रमा हासिल गरेको उपलब्धिले कांग्रेसमा आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

‘विजय सरको उम्मेदवारी घोषणाले सिंगो आदिवासी समुदायमा उत्साह पैदा भएको छ । उहाँको भूमिका र अनुभवले नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउन थप योगदान पुग्ने विश्वास लिएका छौँ,’ गुरुङले भने ।

सम्बाहाम्फेले शिक्षा, राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टीको नीति निर्माण तथा संगठन सुदृढीकरणमा उपयोग गर्ने लक्ष्य लिएका छन् । पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै कांग्रेसलाई समयअनुकूल, विचारप्रधान र जनमुखी पार्टीका रूपमा अघि बढाउने आफ्नो उद्देश्य रहेको उनले बताउँदै आएका छन् ।

नयाँ पुस्ता, आदिवासी जनजाति, पेशागत तथा बौद्धिक समुदायलाई पार्टीको मूलधारमा थप प्रभावकारी रूपमा जोड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

उम्मेदवारीलाई समर्थन जुटाउन सम्बाहाम्फेले मेचीदेखि महाकालीसम्मका कांग्रेस नेता तथा कार्यकर्तासँग भेटघाट र परामर्श गरिरहेका छन् । नेता तथा कार्यकर्तासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका उनले असोज १८ गते सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा विभिन्न समूह, समुदाय र क्लस्टरबाट केन्द्रीय सदस्य तथा अन्य पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ । यसै क्रममा आदिवासी जनजाति क्लस्टरबाट सम्बाहाम्फेको उम्मेदवारीलाई राजनीतिक अनुभव, बौद्धिक क्षमता, सामाजिक योगदान र व्यवसायिक पृष्ठभूमिको संयोजनका रूपमा हेरिएको छ ।