१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल

तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने

तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी उपसभापतिको संख्या तीन पुर्‍याइए उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा विधान संशोधनमार्फत पदाधिकारीको संख्या बढाउने विषयमा छलफल भइरहेका बेला आङ्देम्बेको उम्मेदवारीबारे उनको निकट स्रोतले जानकारी दिएको हो।

स्रोतका अनुसार विधान संशोधन गरेर तीन जना उपसभापतिको व्यवस्था भए आङ्देम्बे सोही पदमा उम्मेदवार बन्नेछन्। कांग्रेसको वर्तमान विधानमा दुई जना उपसभापतिको व्यवस्था रहेको छ।

आङ्देम्बे यसअघि कांग्रेसका सहमहामन्त्रीसमेत भइसकेका छन्। हाल उनी पार्टीको संसदीय दलको नेतृत्व गरिरहेका छन्। संसदीय दलको नेता बनेपछि १५औँ महाधिवेशनमा उनी कुन पदमा प्रतिस्पर्धा गर्नेछन् भन्ने विषयमा कांग्रेसभित्र चासो रहँदै आएको थियो।

महाधिवेशनमा पदाधिकारीको संख्या थप गर्ने विषयमा छलफल अघि बढेपछि आङ्देम्बेको उम्मेदवारीको तयारी पनि स्पष्ट हुँदै गएको हो।