१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध
अ अ+ अ-

काठमाडौं । अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले अत्यावश्यकबाहेकका यात्रामा प्रतिबन्ध लगाएका छन्।

कातालोनियामा बाढीसम्बन्धी आपत्कालीन योजना सक्रिय गर्दै २० प्रशासनिक क्षेत्रमा आइतबार दिउँसोसम्म प्रतिबन्ध लागू गरिएको छ। अधिकांश यात्रुवाहक तथा क्षेत्रीय रेल सेवा पनि स्थगित गरिएको छ।

मौसमविद्हरूले आइतबार बिहान मौसमको जोखिम उच्चतम तहमा पुग्न सक्ने चेतावनी दिएका छन्। केही क्षेत्रमा तीन घण्टामै ९० मिलिमिटरभन्दा बढी र २४ घण्टामा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ। प्रभावित क्षेत्रमा मोबाइल फोनमार्फत आपत्कालीन सूचना पठाइएको छ।

कातालोनियाका क्षेत्रीय राष्ट्रपति साल्भाडोर इयाले सर्वसाधारणलाई अत्यधिक सावधानी अपनाउन आग्रह गरेका छन्।

अधिकारीहरूले भारी मेघगर्जनसहितको वर्षा, तीव्र हावा तथा पानीका बवण्डर वा टोर्नाडो आउन सक्ने चेतावनी दिएका छन्। आँधी आइतबार उत्तरतर्फ सर्ने अनुमान गरिएको छ। यसैबीच, मध्य–पूर्वी स्पेनको अल्बासेते प्रान्तस्थित माद्रिगेरासमा आएको आकस्मिक बाढीमा १०२ वर्षीया एक महिलाको मृत्यु भएको छ।

बाढीका कारण घर, सवारीसाधन तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ। करिब दुई घण्टामा प्रति वर्गमिटर १४० मिलिमिटरभन्दा बढी वर्षा भएपछि आएको बाढीका कारण करिब ९० जनालाई सुरक्षित स्थानमा सारिएको थियो। प्रभावित स्वास्थ्य केन्द्रबाट सेवा सञ्चालन गर्न नसकिएपछि स्वास्थ्य सेवा अस्थायी रूपमा रेडक्रसको परिसरबाट सञ्चालन गरिएको छ। –