१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन सय घरका ८१ जनामा हैजा



अ+ अ-

काठमाडौं । डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकामा कडा खालको झाडापखालाबाट तीन सय परिवार जोखिममा परेको नगरपालिकाले जनाएको छ । २९ साउनदेखि नगरको वडा नम्बर ८ जमरानीमा गम्भीर खालको झाडापखाला (हैजा) को प्रकोप बढेको हो । नगरको वडा नम्बर ६, ७ र ८ का ३ सय परिवार जोखिमा रहेको नगरपालिकाका स्वास्थ्य उपसंयोजक हिक्मत धँमीले बताए ।

नौ दिनदेखि परशुराम नगरपालिका–८ को जमरानी, सानखोला र धादलीफाँटाबाट फैलिएको कडा खालको झाडापखाला गुप्तेगाडा गाउँमा पनि देखिएको छ । बुधबारसम्म ८१ जनामा कडा खालको झाडापखाला देखिएको थियो । तीमध्ये १४ जनालाई जमारानी बर्थिङ सेन्टरमा राखेर उपचार गरिएको थियो भने पाँचजना जोगबुडा अस्पतालमा र एकजना सेती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको परशुराम नगरपालिकाका स्वास्थ्य उप–संयोजक धामीले बताए ।

जीवनजल र सामान्य खालको औषधि दिएर अन्यलाई उपचारपछि घर फर्काइएको उनले बताए । हालसम्म ८१ जनामा गम्भीर खालको झाडापखाला ‘हैजा’ देखिएको जिल्ला जनस्वास्थय कार्यालय डडेल्धुराका महामारी स्रोत व्यक्ति हरि भट्टले बताए । हालसम्म एक गर्भवती महिला, सातजना बालबालिका र अन्य ७३ जनालाई ‘हैजा’ भएको पुष्टि भएको भट्टको भनाइ छ । अहिले प्रकोप नियन्त्रणमा आइसकेको भट्टको भनाइ छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार डाँँडामा बस्ती भएकाले खुल्ला दिसापिसाबले खानेपानीका मुहान फोहोर भएकाले त्यस क्षेत्रका तीन सय घरधुरी उच्च जोखिममा रहेका हुन् । उच्च जोखिम भएका बस्तीमा सरसफाइका सामग्रीदेखि आवश्यक पहल थालिएको परशुराम नगरपालिका नगरप्रमुख भीमबहादुर साउदले बताए ।

मन्त्री बोहरा प्रभावित क्षेत्रमा
परशुराम नगरपालिका–८ जमरानीमा कडा खालको झाडापखालाको प्रकोप देखिएपछि सुदूरपश्चिम प्रदेशका भौतिक योजनामन्त्री पठानसिंह बोहरा प्रभावित क्षेत्रमा पुगेका छन् ।

परशुराम नगरपालिका–८ कोसानखोला र धादलीफाँटामा देखिएको झाडापखाला हाल गुप्टीगाडा भन्ने गाउँमा पनि फैलिएपछि खानेपानी मन्त्रीको जिम्मेवारीसमेत लिएका बोहरा प्रभावित क्षेत्रमा पुगेका हुन् ।

निमोनियाले महिलाको मृत्यु

डडेल्धुराकै जोगबुडा अस्पतालमा कडा निमोनियाका कारण एकजना महिलाको मृत्यु भएको छ । डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँका बलबहादुर पुनमगरकी २० वर्षीया श्रीमती पार्वती पुनमगरको मृत्यु भएको अस्पतालका मेडिकल अधिकृत करिना बज्राचार्यले जानकारी दिइन् ।

उनका अनुसार आफन्तले बुधबार बिहान सवा ११ बजे बिरामीलाई अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा पौने १२ बजे मृत्यु भएको हो । मृतक पुनलाई जटिल अवस्थामा अस्पतालमा पुर्‍याइएको अस्पताल स्रोतले जनाएको छ ।
नयाँ पत्रिकाबाट