१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित
अ अ+ अ-

बागलुङ। बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत सन्दीप रेग्मी बाढीपछि विद्यालय जान सकेका छैनन् ।

यही असोज ११ गते निसीखोलामा आएको बाढीले बगर बनाएको आफ्नो घर भएको स्थान हेरेर टोलाइरहेका सन्दीपमा देखिएको यो अन्योल यतिबेला बागलुङका हजारौँ विद्यार्थीमा देखिएको छ । उनको न त घर छ, न त कापी-कलम र किताब नै । विद्यालय पनि बाढीले क्षति पुर्‍याएको छ ।

आँखैअगाडि घर, विद्यालय, सडक र विभिन्न संरचना बाढीले बगाएको, पहिरोले पुरेको देखेका यहाँका बालबालिकामा अझै पनि खोला बढ्छ कि, पहिरो खस्छ कि भन्ने त्रास कायमै छ । यही असोज ८ गतेदेखि ११ गतेसम्म आएको वर्षाका कारण बागलुङका चार स्थानीय तहका एक हजारभन्दा बढी बालबालिका प्रभावित भएका छन् ।

बागलुङको निसीखोला गाउँपालिकामा बाढी तथा बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा पहिरोका कारण एक हजार २९७ जना बालबालिका प्रभावित भएका ताराखोला गाउँपालिकाका सहायक शिक्षा अधिकृत युवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोबाट ताराखोलाका पाँच विद्यालयमा क्षति पुग्दा ८४५ जना बालबालिका प्रभावित भएका छन् ।

पहिरोका कारण ताराखोला-५ का तीनवटा र वडा नं ४ का दुई वटा विद्यालयका भौतिक संरचनामा क्षति पुगेको शिक्षा अधिकृत शर्माले जानकारी दिनुभयो । दुई सय ५० जना बालबालिकाले अध्ययन गर्दै आएका वडा नं ५ को दुर्गाभवानी माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला पूर्ण रूपमा पहिरोमा पुरिएको छ भने अन्य संरचनामा समेत क्षति पुगेको छ ।

त्यसैगरी सोही वडाका ७५ जना बालबालिकाले अध्ययन गर्दै आएको त्रिशूली प्राथमिक विद्यालय र ४५ जना बालबालिकाले अध्ययन गर्दै आएको लावाङ प्राथमिक विद्यालयमा पहिरोले क्षति पुर्‍याएको छ । वडा नं ४ का ५५ बालबालिकाले अध्ययन गर्दै आएको युवावर्षा प्राथमिक विद्यालय र ४२० बालबालिकाले अध्ययन गर्दै आएको नेपाल माध्यमिक विद्यालयमा पहिरोले क्षति पुर्‍याएको शर्माको भनाइ छ ।

पहिरोले क्षति पुगेका पाँचमध्ये दुई विद्यालयमा वैकल्पिक स्थानको खोजी गरेर पठनपाठन सुरु गरिएको जनाउँदै नेपाल माध्यमिक विद्यालय, लावाङ प्राथमिक विद्यालय र दुर्गाभवानी माध्यमिक विद्यालयमा भने पठनपाठन सुरु गर्न नसकिएको शर्माले बताउनुभयो ।

त्यसैगरी बाढीका कारण निसीखोला गाउँपालिका–४ को झिवाखोलास्थित एउटै विद्यालयका ३७० बालबालिका प्रभावित बनेका छन् । बोहोरागाउँ लिटिल रोज इङ्लिस बोर्डिङ स्कुलमा निसीखोलामा आएको बाढीले क्षति पुर्‍याउँदा यहाँ अध्ययन गर्दै आएका बालबालिका प्रभावित बनेका विद्यालय व्यवस्थापन समितिका सदस्य मिलन हमालले जानकारी दिनुभयो ।

बाढीले विद्यालयको संरचनामा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण क्षति पुगेको विद्यालयको भवन तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था नभए पनि वैकल्पिक व्यवस्थापन गरेर छिट्टै कक्षा सञ्चालन गरिने हमालले बताउनुभयो ।

हावाहुरी र पहिरोका कारण बडिगाड गाउँपालिकाका दुई विद्यालयका ७० बालबालिका प्रभावित भएका छन् । गाउँपालिकाको वडा नं ५ स्थित ३० बालबालिकाले अध्ययन गर्दै आएको भिरकटेराताल प्राथमिक विद्यालय र वडा नं ३ सिसाखानीका ४० बालबालिकाले अध्ययन गर्दै आएको कञ्चनादेवी प्राथमिक विद्यालयमा हावा र पहिरोले क्षति पुर्‍याएको छ । तत्कालका लागि बालबालिकालाई स्थानीय घर र सामुदायिक भवनमा व्यवस्थापन गरेर पठनपाठन गराउने तयारी गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कुलराज घिमिरेले जानकारी दिनुभयो ।

पहिरोका कारण तमानखोला गाउँपालिकाको एक बालविकास केन्द्रमा पनि क्षति पुगेको छ । वडा नं ४ को सन्तर बालविकास केन्द्रको भवनमा पहिरोले क्षति पुर्‍याउँदा यहाँका ११ बालबालिका प्रभावित बनेका छन् । भवन अझै पनि पहिरोको जोखिममै रहेकाले बालबालिकालाई तत्काल उक्त स्थानमा लैजाने अवस्था नभएको गाउँपालिकाका विपद् व्यवस्थापनका स्रोत व्यक्ति मुना विश्वकर्माले बताउनुभयो । रासस