१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो

धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो
अ अ+ अ-

गण्डकी। फाँटमा धान झुलेर पहेँलो हुँदै थियो । किसान दसैँको अघिपछि धान भित्र्याउने सुरसारमा थिए । तर, केही दिनअघि दरमखोलामा आएको बाढीले दुःखजिलो गरेर उब्जाएको धानबालीमात्र लगेन खेत बगाइदियो ।

बागलुङको गलकोट नगरपालिका-९ का किसान यतिबेला प्रकृतिको प्रहार सहन बाध्य छन् । लहलह धान फल्ने खेत बगरमा परिणत हुँदा किसान गहिरो चिन्तामा छन् । फापरखेतका पुरुषोत्तम गौतमले झेतुङमा रहेको आफ्नो १८ मुरी धान फल्ने खेत बाढीले बगाएको बताउनुभयो ।

“नामोनिसान नरहने गरी खेत सबै बाढीले लग्यो, बाउबाजेले आर्जेको खेत बगर पल्टँदा मन भारी भएको छ”, उहाँले भन्नुभयो, “खेतकै उब्जनीले घरपरिवार धानिन्थ्यो, यसपालि प्रकृतिले हामीलाई ठग्यो, हाम्रो आवाज खै कसले सुन्छ ?”

टिमुरबोटका टेकराज शर्माको पीडा पनि उस्तै छ । उहाँको १२ मुरी धान फल्ने चार रोपनी खेत बाढीले कटान गरेको छ । “धाने पाकेर घर भित्र्याउने बेलामा भएको खेत पनि सबै बाढीले बगायो”, उहाँले भन्नुभयो, “दुःख गरेर जोडेको खेत सबै सकियो, राज्यले क्षतिपूर्तिको व्यवस्था गर्न सके हामीलाई केही राहत हुने थियो ।” उहाँले आफूजस्तै धेरै छिमेकीहरू बाढीको मारमा परेको बताउनुभयो ।

गत शनिबार रातिको भारी वर्षापछि दरमखोलामा आएको बाढीले तटीय क्षेत्रमा बढी क्षति पुर्‍याएको छ । बाढीले उक्त वडामा केही घरगोठसमेत बगाएको गलकोट–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार बाढीले टिमुरबोट, ब्राहमुरी, झेतुङ, सयमुरीलगायत ठाउँमा खेत कटान गरेको हो । “बाह्रमुरीमा रहेको मेरो आफ्नै १० मुरी धान फल्ने खेतमा पनि अहिले खोला हिँडेको छ”, उहाँले भन्नुभयो, “यस वडाका धेरै किसानको मुख्य उब्जाउ क्षेत्र बाढीले बगाएको छ ।”

मुख्य खाद्यबाली धान भित्र्याउने बेलामा आएको बाढीले खेत नै बगाएपछि किसान पीडामा रहेको वडाध्यक्ष थापाले बताउनुभयो । राम्रो बाली लाग्ने उब्जाउ जमिन नासिँदा गाउँको कृषि प्रणालीमा नकारात्मक प्रभाव पर्ने देखिएको उहाँले उल्लेख गर्नुभयो ।

बाढीबाट पुगेको क्षतिको विवरण सङ्कलन गरेर प्रभावित किसानलाई राहत उपलब्ध गराउन वडा कार्यालयमार्फत आवश्यक प्रक्रिया अगाडि बढाइएको थापाको भनाइ छ । बाढीबाट प्रभावित १३५ परिवारमध्ये सबैभन्दा धेरैको खेत कटान गरेको उहाँले बताउनुभयो ।

गलकोट-३ मा पनि करिब २० रोपनी खेतमा बाढीले क्षति पुर्‍याएको वडाध्यक्ष फम खत्रीले बताउनुभयो । गलकोटमा मानवीय क्षति नभए पनि व्यक्ति र सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको उहाँको भनाइ छ ।

नगरप्रमुख भरत शर्मा गैरेले दरमखोलाले गलकोटका वडा नं ३, ५, ६, ८, ९ लगायत वडामा खेत कटान गरेको जानकारी दिनुभयो । उहाँले धानखेत कटान भएका किसानलाई एक रोपनी बराबरको रु चार हजार राहत दिने निर्णय भएको बताउनुभयो ।

“बाढीले धानबालीमा पुर्याएको क्षतिका लागि किसानलाई चार हजारदेखि बढीमा १६ हजारसम्म क्षतिपूर्ति दिँदैछौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाका तर्फबाट बाढी प्रभावितलाई तत्कालका लागि राहत व्यवस्था गरेका छौँ, पुनर्निर्माणलाई योजनाबद्ध रूपमा अगाडि बढाउँछौँ ।” क्षतिको एकिन विवरण सङ्कलन गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

प्रारम्भिक विवरणअनुसार बाढीपहिरामा कारण नगर क्षेत्रभित्र २२ घरगोठमा क्षति पुगेको छ । ‘रिसोर्ट’लगायत व्यावसायिक संरचनामा पनि क्षति पुगेको प्रमुख गैरेले बताउनुभयो । “खेतसँगै कृषि फार्म, पशुपालन व्यवसायमा पनि बाढीले क्षति पुर्याएको छ”, उहाँले भन्नुभयो, “उहाँहरुका लागि राहत र क्षतिपूर्तिका लागि निरन्तर पहल भइरहेको छ”, उहाँले भन्नुभयो ।

यही असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षासँगै निम्तिएका बाढीपहिराका घटनाबाट गलकोटसहित जिल्लाका अधिकांश स्थानीय तह प्रभावित बनेका छन् । पहिरामा परी जिल्लामा १३ जनाले ज्यान गुमाएका छन् भने ठूलो भौतिक क्षति पुगको छ ।
—