१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित
अ अ+ अ-

काठमाडौँ। नेपाल हस्तकला महासङ्घले विभिन्न क्षेत्रमा आबद्ध २२ महिला उद्यमीलाई सम्मान गरेको छ ।

महासङ्घले आज एक कार्यक्रमको आयोजना गरी नेपाल पश्मिना इण्डष्ट्रिकी सञ्चालक लालु श्रेष्ठसहित २२ महिला उद्यमीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा अञ्जना ताम्रकार, रत्नेश्वरी श्रेष्ठ, अरुणा शाक्य, रुकमणिदेवी श्रेष्ठ, दिव्यतारा तुलाधर, अरुणा लाकोल, रोशनी तुलाधर, रामकली खड्का, शान्ति बैद्य, मिलु थापा, सङ्गीता पन्त, गङ्गा छन्त्याल हुनुहुन्छ ।

त्यस्तै, धनमाया शाक्य, अनुजा बुढाथोकी, कमला श्रेष्ठ, मञ्जु शाक्य, इन्दिरा सापकोटा, उर्मिला श्रेष्ठ, सविता सुवेदी, मिला शर्मा र सुमान्जली शाक्य सम्मानित हुनुभएको छ । उहाँहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले सम्मान गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नेपालको आर्थिक क्षेत्रको विकासमा महिला उद्यमीले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले हस्तकला क्षेत्रको विकासमा बागमती प्रदेश सधैँ सकारात्मक रहेको उल्लेख गर्नुभयो ।

नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले धेरै निर्यातकर्ता र उत्कृट उद्यमी, उत्कृष्ट कलाकारलाई सम्मान गर्दै आएपनि महिला उद्यमीलाई भने पहिलोपटक सम्मान गर्न पाएकोमा खुशी लागेको बताउनुभयो ।

महासङ्घकी उपाध्यक्ष एवम् कार्यक्रमकी संयोजक सविता सिंह महर्जनले मुलुकको हस्तकला क्षेत्रको विकासमा महिला उद्यमीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । विसं २०२९ मा स्थापना भएको महासङ्घका हाल चार हजार ५०० सदस्य छन् । तीमध्ये एक हजार ५०० क्रियाशील सदस्य छन् । रासस