१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त

काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन

काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन
अ अ+ अ-

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ४५ दिने विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि तथा सवारी दुर्घटना नियन्त्रण गर्दै राजधानीको सुरक्षा व्यवस्था सुदृढ बनाउने उद्देश्यले असोज १६ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि योजना लागू गरिएको हो ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दानबहादुर थापा र प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले विगतका चाडपर्वमा भएका आपराधिक घटनाको विश्लेषण तथा सुरक्षा जोखिमको अध्ययन गरी यस वर्षको सुरक्षा योजना तयार पारिएको जानकारी दिनुभयो ।

योजनाअन्तर्गत काठमाडौंका मुख्य बजार, बसपार्क तथा संवेदनशील क्षेत्रमा ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गरिनेछ । चाडपर्वका समयमा घर तथा व्यापारिक प्रतिष्ठान खाली हुने, बजारमा भीडभाड बढ्ने र मानिसको आवतजावत बढ्ने भएकाले चोरी, लुटपाट, ठगी, जुवातास, गुण्डागर्दी तथा सवारी दुर्घटना नियन्त्रणमा विशेष ध्यान दिइने प्रहरीले जनाएको छ ।

प्रहरीले यात्रुको सहजताका लागि हेल्प डेस्क तथा नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ । त्यस्तै, सीसीटीभीमार्फत निरन्तर निगरानी गर्ने, टिकट काउन्टरमा हुने ठगी नियन्त्रण गर्ने तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमाथि निगरानी बढाउने रणनीति बनाइएको छ ।

प्रहरी उपरीक्षक थापाका अनुसार योजनाको मुख्य उद्देश्य चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि तथा दुर्घटना रोकथाम र नियन्त्रण गर्नु, घटना भए तत्काल उद्धार तथा प्रतिकार्य गर्नु, नागरिकलाई सुरक्षाको अनुभूति दिलाउनु र काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको आवागमन सुरक्षित तथा सहज बनाउनु हो ।

प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले ‘दसैँ कसैका लागि दशा नबनोस्’ भन्ने मूल मर्मका साथ सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको बताउनुभयो । उहाँले चाडपर्वका समयमा आपराधिक समूह सक्रिय हुनसक्ने भएकाले नागरिकलाई समेत सतर्क रहन आग्रह गर्नुभयो ।

प्रहरीले विगतका घटनाको ‘क्राइम प्याटर्न’ विश्लेषण गरी प्रविधिमैत्री सुरक्षा रणनीति अपनाएको जनाएको छ । भीडभाड हुने स्थानमा प्रहरीको उपस्थिति बढाउनुका साथै सामाजिक सञ्जाल र समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतनामूलक सूचना प्रवाह गरिनेछ ।

चाडपर्वका क्रममा आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउने तथा आकस्मिक घटनामा द्रुत प्रतिकार्यका लागि प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइने प्रहरीले जनाएको छ ।