काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ।
मन्त्रालयको निर्णयअनुसार थापालाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो। नियुक्तिसँगै उहाँले सिंहदरबार वैद्यखानाको संस्थागत व्यवस्थापन, आयुर्वेदिक औषधिको उत्पादन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन नेतृत्व गर्ने अपेक्षा गरिएको छ।
वैद्यखानाको सेवा तथा औषधि उत्पादनलाई व्यवस्थित र प्रभावकारी बनाउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले जनाएको छ।








