१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’

राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’

राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’
अ अ+ अ-

काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै जनताका दैनिक जीवनसँग जोडिएका समस्यामा परिणाम देखिने गरी काम गर्न आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै राईले रेमिट्यान्समा निर्भर अर्थतन्त्र, युवाको बढ्दो विदेश पलायन, महँगी, भ्रष्टाचार र शिक्षा क्षेत्रका समस्याप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए। सरकारको सुशासनसम्बन्धी प्रतिबद्धता व्यवहारमा भन्दा नारामै सीमित भएको उनको भनाइ थियो।

उनले निर्वाचन क्षेत्रमा विकास निर्माणका आयोजना अलपत्र परेको तथा सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए। भ्रष्टाचारका पुराना फाइल खोल्ने सरकारको दाबी कार्यान्वयनमा आउन नसकेको भन्दै उनले त्यसबारे पनि प्रश्न उठाए।

‘गिरिबन्धु टी-स्टेट होस् वा ह्वाइट बडी काण्ड, तपाईंहरूले ठूलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले रोक्यो? पपुलारिटीका लागि मात्र बोल्ने हो कि?,’ राईले प्रश्न गरे।

उनले सरकारसँग रहेको राजनीतिक शक्तिको प्रयोग गर्दै भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न चुनौती दिए। भ्रष्टाचारविरुद्ध सरकारले अघि बढाउने जुनसुकै प्रक्रियामा आफ्नो पार्टी सहयोग गर्न तयार रहेको उनले बताए।

राईले श्रमिक तथा किसानका समस्यासमेत सरकारले प्रभावकारी रूपमा सम्बोधन गर्न नसकेको आरोप लगाए। आफूहरूले पटक–पटक उठाउँदै आएको ‘फ्रि भिसा, फ्रि टिकट’को विषयमा पनि सरकारले टालटुले काम मात्रै गरेको उनको भनाइ थियो।

‘आफैँले खनेको खाल्डोमा आफैँ डुब्ने काम नहोस्। आन्दोलनकारीलाई जेल हालेर परिवर्तन आउँदैन,’ उनले भने।
राईले जेनजी आन्दोलनका क्रममा सरकारले गरेको दमनप्रति समेत असन्तुष्टि जनाए। साथै, संसद् बैठक सञ्चालनमा नरहेको समयमा संघीयता, लोकतन्त्र र समावेशिताविरुद्ध कुनै पनि ‘कुचेष्टा’ नगर्न उनले सरकारलाई सचेत गराए।