२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाच्न नजान्ने आगन टेढो: साझा पार्टी संयोजक मिश्र



अ+ अ-

बुटवल। साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले गणतन्त्रमाथि पूर्वराजाबाट कुनै खतरा नभएको स्पष्ट पारेका छन् । हालै दलका नेताहरुले पूर्वराजाका कारणले गणतन्त्र खतरामा परेको भन्ने अभिव्यक्ति गतल भएको भन्दै आफुले यस्तो धारणा राखेका हुन् । उनले दलका नेताहरुको अभिव्यक्तिलाई ‘नाच्न नजान्ने आगन टेढो’ को संज्ञा समेत दिए ।

आइतबार बिहान बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गणतन्त्रमाथि खतरा आयो भन्ने नेताहरु अभिव्यक्ति आफ्ना कमिकमजोरी ढाकछोप गर्ने प्रयासको मात्र भएको बताए । पूर्वराजा र राजतन्त्रवादीहरुको गलत क्रियाकलापका कारण राजतन्त्र अन्त्य भएको भन्दै उनले बर्तमान सरकार र केही गणतन्त्रवादी नेताहरुका कमि कमजोरीका कारण गणतन्त्र खतरामा पर्न सक्ने टिप्पणी गरे ।

पुराना दलहरुबबाट मुलुकको समृद्धि सम्भव नभएको भन्दै उनले साझा पार्टीसँग मुलुकको समृद्धिको स्पष्ट खाका रहेको दाबी गरे । दुई तिहाई बहुमतको सरकार बनेपछि जनता मुलुक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने विश्वासमा रहेपनि मुलुक स्थायित्व र समृद्धितर्फ एक कदम पनि अगाडि बढ्न नसकेको भन्दै उनले अब जनताले आफ्नो मन र मत बदल्नुपर्ने बेला आएको पनि बताए ।

रवी लामिछानेको समर्थनमा भैरहेका प्रदर्शनबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै संयोजक मिश्रले मुलुकमा कानूनी राजप्रति जनताको अविस्वासको संकेतको रुपमा यसलाई आफूले लिएको बताए । कसैको विरोध र समर्थनमा नारा जुलुस गर्न पाउनु जनताको लोकतान्त्रिक अधिकार रहेको भन्दै उनले यद्यपी कुनै घटनाको बारेमा भिडबाट निर्णय गर्ने अधिकार भने कसैलाई नभएको बताए ।