२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जी७ बैठकः अमेरिका–बेलायत व्यापार सम्झौता चाँडै



अ+ अ-

बियारिज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग व्यापार सम्झौता जतिसक्दो चाँडो गरिने बताएका छन् । फ्रान्सको बियारिजमा जी७ को बैठककै क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको वार्तापछि राष्ट्रपति ट्रम्पले भने, “दुबै मुलुकबीच ठूलै व्यापार सम्झौता हुँदैछ, र यो विगतको भन्दा पक्कै ठूलो हुनेछ ।”

प्रधानमन्त्री जोन्सनले राष्ट्रिय स्वास्थ्य सेवाको विषयले वार्तामा प्रवेश नपाएको बताए । दुबै मुलुकबीचको व्यापार सम्झौता कहिले हुने सम्भावना छ भनी सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “जतिसक्दो चाँडो हुन्छ । हामीले कुनै समस्या देखेका छैनौं ।”

जोन्सनले युरोपेली संघको स्वतन्त्र व्यापार क्षेत्रबाट अलग्गिने प्रक्रियालाई तिब्रता दिनुका साथै संयुक्तराज्य अमेरिकासँग व्यापार सम्झौता गर्न अग्रसर भएको छ ।