१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी

नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी
अ अ+ अ-

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले नियम तथा विनियमावलीले व्यवस्था गरेका सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न नेप्से सक्षम रहेको बताउनुभएको छ।

बुधवार प्रतिनिधिसभाको अर्थ समितिमा भएको पुँजी बजारसम्बन्धी छलफलमा सुवेदीले नेप्सेमा इक्विटी, म्युचुअल फन्ड, डिबेन्चरलगायतका वित्तीय उपकरणको कारोबार हुँदै आएको जानकारी दिनुभयो। उहाँका अनुसार नेप्सेले ओभर द काउन्टर (ओटीसी) बजारसमेत सञ्चालन गर्दै आएको छ।

पछिल्लो समय मार्जिन कारोबार पनि सञ्चालनमा आएको उल्लेख गर्दै सुवेदीले धेरै ब्रोकर कम्पनीले मार्जिन ऋण कारोबार सुरु गरिसकेको बताउनुभयो। लगानीकर्ताको मागअनुसार ‘आफ्टर मार्केट अर्डर’ सुविधा पनि कार्यान्वयनमा आइसकेको र त्यसबाट लगानीकर्ताले कारोबार सुविधा पाइरहेको उहाँले जानकारी दिनुभयो।

सुवेदीले नयाँ वित्तीय उपकरण ल्याउने विषय नेप्सेको मात्र निर्णयबाट सम्भव नहुने स्पष्ट पार्नुभयो। उहाँका अनुसार नयाँ वित्तीय उपकरणसम्बन्धी नीति निर्माणको जिम्मेवारी नेपाल धितोपत्र बोर्ड (सेबोन) र अर्थ मन्त्रालयसँग सम्बन्धित भएकाले सम्बन्धित निकायले बनाएको नीति कार्यान्वयन गर्ने भूमिका नेप्सेको हो।

नयाँ वित्तीय उपकरणका विषयमा सेबोनसँग समन्वय भइरहेको जानकारी दिँदै उहाँले आगामी दिनमा जुनसुकै नयाँ उपकरण आए पनि त्यसलाई सञ्चालनमा ल्याउन नेप्से तयार रहेको बताउनुभयो।

मार्जिन ऋण कारोबारमा ब्रोकरअनुसार फरक–फरक मूल्य निर्धारण भएको विषयमा नेप्सेले निरीक्षण गर्ने पनि सुवेदीले बताउनुभयो। नेप्सेले तयार गरेको मार्जिन कारोबारसम्बन्धी कार्यविधिअनुसार ब्रोकरहरूले कारोबार गरिरहेका छन् वा छैनन् भन्ने विषयमा निरीक्षण गरिने उहाँको भनाइ छ।

यसैगरी नेप्सेको अनलाइन कारोबार प्रणालीको स्वामित्वका विषयमा उठेको प्रश्नको जवाफ दिँदै सुवेदीले प्रणालीको सम्पूर्ण स्वामित्व नेप्सेकै रहेको स्पष्ट पार्नुभयो। सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार प्रणालीको मर्मतसम्भारका लागि बोलपत्र आह्वान गरी कम्पनी छनोट गरिएको भए पनि प्रणालीको स्रोत कोडदेखि सम्पूर्ण सञ्चालन अधिकार नेप्सेकै रहेको उहाँले बताउनुभयो।

ब्रोकरहरूलाई प्रणालीमा प्रवेश गर्न प्रयोगकर्ता नाम र पासवर्ड उपलब्ध गराउने तथा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सँग जोडिन आवश्यक पहुँच प्रदान गर्ने व्यवस्था नेप्सेले गरेको उहाँले जानकारी दिनुभयो। टीएमएस सञ्चालनको जिम्मेवारी भने सम्बन्धित ब्रोकर कम्पनीकै रहेको सुवेदीले बताउनुभयो।