७ असार २०८३, आईतवार
,
Latest
बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

झुन्डिए दुई युवकको मृत्यु, घटनाबारे अनुसन्धान भइरहेको



अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–७ धुन्चेपाखामा आज एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ । करीब २५ वर्षीय अविशेक श्रेष्ठको शव आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।

इञ्जिनीयरिङका विद्यार्थी उनी बिहान अबेरसम्म नउठेपछि हेर्दा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको छभने घटनाको सुक्ष्मरुपमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिनुभयो ।

त्यसैगरि आजै चाँगुनारायण नगरपालिका–५ छालिङको जङ्गलमा करीब ३० देखि ३५ वर्षको मङ्गोलियनअनुहार भएका एक पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवती रमण पोखरेलले शव झुन्डिएको अवस्थामा फेला परेको र पहिचान भने नभएको बताउनुभयो । शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।