१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको मंगलवारको बैठकमा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ ।

गणतन्त्रका योद्धा रामराजाप्रसाद सिंहको स्मृतिमा स्थापना गर्न लागिएको प्रतिष्ठानले मधेस प्रदेशको स्वास्थ्य सेवा तथा शिक्षामा गुणात्मक सुधार ल्याउने भन्दै सांसदहरूले विधेयकलाई समयसापेक्ष कदमका रूपमा समर्थन गरेका छन् । उनीहरूले प्रतिष्ठानलाई मधेसको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

छलफलमा सांसद रमेशकुमार मल्लले प्रतिष्ठानलाई भवन तथा भौतिक संरचना निर्माणमा मात्र सीमित नगरी दक्ष स्वास्थ्य जनशक्ति उत्पादन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले गजेन्द्रनारायण सिंह अस्पताललाई प्रतिष्ठानको अस्पतालका रूपमा सञ्चालन गर्दा उत्पन्न हुनसक्ने व्यवस्थापकीय चुनौतीप्रति सचेत हुनुपर्ने भन्दै बर्दिबास मेडिकल कलेजको कामलाई पनि सँगसँगै अघि बढाउन आग्रह गर्नुभयो ।

सांसद आशा झाले प्रतिष्ठान स्थापना भएपछि मधेस र कोशी प्रदेशका साथै सीमावर्ती भारतीय नागरिकले समेत सहज रूपमा स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । करिब ३० अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनाले दक्षिण एसियाकै उत्कृष्ट स्वास्थ्य संस्था बन्ने लक्ष्य राखेको उल्लेख गर्दै उहाँले विधेयक शीघ्र पारित गर्न माग गर्नुभयो ।

त्यस्तै, सांसद युवराज दुलालले संघीयताको मर्मअनुसार प्रादेशिक सन्तुलन कायम गर्न विशिष्टीकृत स्वास्थ्य संस्थाको आवश्यकता रहेको बताउनुभयो । प्रतिष्ठानलाई प्राज्ञिक स्वायत्तता प्रदान गर्दै न्याम्सलगायत संस्थामा देखिएको दोहोरो शासनको समस्याबाट मुक्त राख्नुपर्ने र प्रशासनिक रूपमा चुस्त बनाउनुपर्ने उहाँको सुझाव थियो ।

सांसद प्रमिला कुमारीले प्रतिष्ठान स्थापनाको उद्देश्य सकारात्मक भए पनि उत्पादित स्वास्थ्य जनशक्तिलाई स्वदेशमै टिकाइराख्नु चुनौतीपूर्ण रहेको बताउनुभयो । दक्ष जनशक्ति विदेश पलायन हुने समस्या रोक्न स्वास्थ्य शिक्षा र रोजगारीबीच उचित तादाम्यता कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

छलफलमा सहभागी अधिकांश सांसदले प्रतिष्ठानलाई गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको प्रभावकारी केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै विधेयकको सैद्धान्तिक पक्षमा समर्थन जनाएका छन् ।