१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ

उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही

उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही
अ अ+ अ-

काठमाडाैँ । विशेष आर्थिक मापदण्ड पूरा नगरेका उद्योगलाई कारबाही गरिने भएको छ । विशेष आर्थिक क्षेत्र प्रधिकरणले कार्यविधिअनुसार कुल उत्पादनको ७० प्रतिशत निर्यात गर्न नसकेका पन्चकन्या एसएस एक्सपोर्टलाई कारबाही गर्न लागेको हो ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्याकारी निर्देशक डा दिवाकर लुइँटेलका अनुसार पन्चकन्या एसएस एक्सपोर्टले शर्तअनुरुपको उत्पादनलाई निर्यात गर्न नसकेपछि निष्काशन गरिएको जानकारी दिनुभयो ।

प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगलाई कूल उत्पादनको ७० प्रतिशत निर्यात गर्नुपर्ने अनिवार्य व्यवस्था तोकेको छ । पन्चकन्या एसएस एक्सपोर्टले उत्पादन गर्ने मेटलको ट्याङ्की तोकिएबमोजिम निर्यात गर्न नसकेको जनाइएको छ ।

विशेष आर्थिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणदेखि उद्यमीलाई करमा सहुलियत उपलब्ध गराइएको छ । भैरहवामा यो क्षेत्र करिब ५२ बिघामा फैलिएको छ । एक हजार ४०० देखि तीन हजार ७०० वर्गमिटर सम्मको ६९ औद्योगिक जग्गाहरू यहाँ रहेका छन् ।

दुई दशक अगाडि भैरहवामा स्थापित विशेष आर्थिक क्षेत्र देशको पहिलो निर्यातमुखी औद्योगिक क्षेत्र हो । यहाँ स्थापना गरिएका उद्योग बिक्री गर्न नपाइने भएकाले उनीहरूले निर्माण गरेका उद्योग तथा कम्पनी भत्काएर लैजानुपर्ने हुन्छ ।

उद्योग मन्त्रालयअन्तर्गत विशेष आर्थिक क्षेत्र प्राधिकरणले देशका विभिन्न क्षेत्रहरूमा विशेष आर्थिक क्षेत्रहरू स्थापनाका लागि पूर्वसम्भाव्यता र सम्भाव्यता अध्ययन सञ्चालन गर्न तथा देशभर विशेष आर्थिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्दै आएको छ ।

व्यवसायीलाई कर प्रोत्साहन, भन्सार महसुल छुट र सुव्यवस्थित नियामक प्रक्रियालगायतका सेवा प्रदान गरेको छ ।

विदेशी लगानी आकर्षित गर्न कर छुट, कम शुल्क, उत्पादन तथा सेवाका उद्योग स्थापना गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गर्न खोजिएको छ ।

उक्त आर्थिक क्षेत्र भैरहवा र सिमरामा अहिले सञ्चालनमा छन् । पाँचखालमा पूर्वाधार विकास कार्यहरूको लागि थप अध्ययन तथा लगानीकर्ताको खोजी भइरहेको छ ।