१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता

नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता
अ अ+ अ-

काठमाडाैँ । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले चितवनमा नारायणी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्दै बाढीपीडित परिवारलाई प्रदेश सरकारको साथ रहने बताउनुभएको छ।

मुख्यमन्त्री थापा मगरले विपद्को कठिन घडीमा बाढीपीडित परिवारलाई धैर्य गर्न आग्रह गर्दै तत्काल उद्धार, सुरक्षित स्थानान्तरण र राहतका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो।

उहाँले बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा खेतीयोग्य जमिनको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिँदै राहत वितरणपछि पुनर्निर्माणका कामलाई समेत प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो।

मुख्यमन्त्री थापा मगरले नारायणी नदीका कारण हुने दीर्घकालीन क्षति न्यूनीकरणका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरी काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नारायणी नदीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक योजना तथा संरचनागत पहल गरिने उहाँको भनाइ थियो।

विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन छुट्टै प्राधिकरण गठन गरेर काम गर्ने तयारी भइरहेको पनि मुख्यमन्त्री थापा मगरले जानकारी दिनुभयो।

“यो विपद्को घडीमा म सम्पूर्ण पीडित परिवारलाई धैर्य रहन आग्रह गर्दछु। प्रदेश सरकार तपाईंहरूको साथमा छ,” उहाँले भन्नुभयो।

उहाँले बाढी प्रभावित नागरिकको उद्धारदेखि सुरक्षित स्थानान्तरण, राहत वितरण हुँदै पुनर्निर्माणसम्मका कार्यमा प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो।