१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते

टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते
अ अ+ अ-

टर्की। टर्कीको दक्षिणपूर्वी प्रान्त गाजियान्तेपमा आईतवार साँझ भएको भीषण सडक दुर्घटनामा परीसात जनाको मृत्यु भएको छ ।

दुई बालबालिकासमेत सामेल रहेको उक्त दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् । स्थानीय समयअनुसार आईतवार साँझ ६ बजे (१५०० जीएमटी) गाजियान्तेपको नुरदागी जिल्लामा एक यात्रुवाहक मिनीबस र निजी कार एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ उद्धारका लागि प्रहरी, दमकल र स्वास्थ्यकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

घटनाबारे जानकारी दिँदै गाजियान्तेपका उप–गभर्नर इल्कर एकरले प्रारम्भिक अनुसन्धानले दुर्घटनाको मुख्य कारण कार चालकले गरेको ‘अवैध ओभरटेकिङ’ रहेको बताएका छन् । ओभरटेक गर्ने गलत तरिकाका कारण दुई सवारीसाधन आपसमा ठोक्किन पुगेका थिए ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा दुई बालबालिका पनि रहेको पुष्टि भएको छ । घाइते १३ जनालाई तत्काल नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको छ ।

उप–गभर्नर एकरका अनुसार घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ र उनीहरूको उपचार भइरहेको छ । घटनापछि सो क्षेत्रमा केही समय सडक आवागमन प्रभावित भएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल