१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा

रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा
अ अ+ अ-

रियाद। साउदी राजधानी रियादका विद्यालय सोमबारदेखि पुनः भौतिक रूपमा सञ्चालनमा आएका छन् ।

विद्यालय एक साताका लागि बन्द गर्ने आइतबारको निर्णय केही घण्टामै उल्टाइएको भए पनि त्यसको आधिकारिक कारण सार्वजनिक गरिएको छैन ।

आइतबार विद्यालय बन्द गर्ने घोषणा गरिएको थियो । तर, अबेर राति अभिभावकलाई पठाइएको सन्देशमा शिक्षा मन्त्रालयबाट प्राप्त नयाँ निर्देशनअनुसार सोमबारदेखि रियादका सबै विद्यालयमा भौतिक पठनपाठन हुने जानकारी दिइएको थियो ।

निर्णयमा आएको परिवर्तन खाडी क्षेत्रमा बढ्दो तनाव तथा यमनमा सक्रिय इरानसमर्थित हुथी समूहबाट साउदी अरबलाई लक्षित गरी भइरहेका आक्रमणको पृष्ठभूमिमा आएको हो ।

रियादका अभिभावकले निर्णय बारम्बार परिवर्तन हुँदा आफूहरू अन्योलमा परेको एएफपीलाई बताएका छन् । एक अभिभावकका अनुसार दुवै घोषणा अबेर राति गरिएकाले अभिभावक र विद्यार्थीलाई तयारी गर्न कठिन भएको थियो ।

अर्का अभिभावकले विद्यालय बन्द गर्ने निर्णय यति छिटो किन परिवर्तन भयो भन्ने प्रश्न गर्नुभएको छ । आइतबार विद्यालय बन्द गर्ने घोषणा यमनका हुथी लडाकुसँग लडिरहेको साउदी नेतृत्वको गठबन्धनले साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र निष्क्रिय पारेको जनाएको भोलिपल्ट आएको थियो ।

जुलाईमा लामो समयदेखि जारी युद्धविराम भङ्ग भएपछि यमनमा पुनः द्वन्द्व चर्किएको छ । त्यसयता हुथी समूहले साउदी अरबलाई लक्षित गरी आक्रमण बढाएको बताइएको छ । यसले यमनको द्वन्द्वलाई मध्यपूर्वमा फैलिएको व्यापक तनावसँग जोडिएको छ । (रासस\एएफपी)