१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर

पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण:  स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर
अ अ+ अ-

काठमाडौँ : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालाई मध्यरातमा घरबाटै नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

असोज १० गते मध्यरातमा नेपाल प्रहरीका अधिकृतहरूले सुतिरहेको अवस्थामा उठाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगि करिब १० घण्टा राखेर परिवारको जिम्मा लगाइएको विषयलाई लिएर सर्वोच्चले आपत्ति जनाएको सर्वोच्चका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख छ ।

सोमबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठक (फुल कोर्ट) को बैठक पछि जारी बिज्ञप्तिमा भनिएको छ  ‘नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यको रूपमा आत्मसात् गरेको छ। पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश एवं बहालवाला न्यायाधीश तथा न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाको अभिन्न अङ्ग भएकाले उनीहरूप्रति राज्यका निकायले गर्ने व्यवहार सदैव संवेदनशील र गम्भीर हुनुपर्छ।’

विधिको शासन र नागरिकको मौलिक हकको स्मरण गराउँदै सर्वोच्चले कानूनी प्रक्रिया पूरा नगरी गरिने यस्ता कामकारबाहीमा स्वेच्छाचारिताको प्रचुरता रहने र त्यसलाई लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने स्पष्ट पारेको छ।

साथै, कुनै पनि पूर्व पदाधिकारीसँग जोडेर न्याय सम्पादनका कामकारबाहीलाई चित्रण वा सम्प्रेषण नगर्न सर्वोच्चले सम्बद्ध सबैसँग अनुरोध गरेको छ। न्याय सम्पादनका क्रममा बाह्य वा आन्तरिक कुनै पनि प्रभावलाई स्थान नदिइने प्रतिबद्धता व्यक्त गर्दै अदालतले आम नागरिकलाई निष्पक्ष न्यायको विश्वास दिलाएको छ।