१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना

लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना
अ अ+ अ-

दाङ। लुम्बिनी प्रदेशमा यही असोज ८ देखि ११ गतेसम्म ७८ वटा विपद्का घटना भएका छन् ।

प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्र (पिइओसी) का अनुसार विपद्का घटनामा परी छ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

केन्द्रका अनुसार सबैभन्दा बढी पहिरोका ३१ वटा घटना भएका छन् । पहिरोमा परी पाँचको मृत्यु र एक जना घाइते भएका छन् । पहिरोका कारण ४८० जना विस्थापित भएका छन् । यस्तै १० घर पूर्ण र आठ घर आंशिक रूपमा क्षति भएका छन् भने १०० घर जोखिममा रहेका प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन शाखाका अधिकृत विजयसिंह ठकुरीले जानकारी दिनुभयो ।

डुबानका २६ घटनामा ७७८ जना सुरक्षित स्थानमा सारिएका छन् । डुबानका कारण नौ घर पूर्ण र १३ घर आंशिक रूपमा क्षति भएका छन् भने १६ घर डुबानमा परेका छन् । त्यस्तै, ७० घर जोखिममा रहेका विवरणमा उल्लेख छ ।

हावाहुरीका १३ र बाढीका आठ वटा घटना भएका अधिकृत ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार हुरीबतासका कारण एक जनाको मृत्यु भएको छ भने एउटा घर पूर्ण र ३५ वटा घरमा आंशिक क्षति पुगेको छ । बाढीका कारण २२ जना विस्थापित भएका छन् भने सात वटा घर पूर्ण रूपमा क्षति भएका छन् ।

विपद्का कारण प्रदेशभर एक हजार २८० जनालाई सुरक्षित स्थानमा सारिएको छ । यस अवधिमा २७ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने ५६ वटा घरमा आंशिक क्षति पुगेको छ । सोह्र वटा घर डुबानमा परेका छन् भने १७० घर जोखिममा रहेका छन् ।

जिल्लागत रूपमा अर्घाखाँचीमा सबैभन्दा बढी १५ वटा विपद्का घटना दर्ता भएका केन्द्रका अधिकृत ठकुरीले जानकारी दिनुभयो । त्यसपछि बाँकेमा १३ र गुल्मीमा १० वटा घटना भएका छन् । मानवीय क्षतिको हिसाबले पाल्पा सबैभन्दा प्रभावित देखिएको छ । पाल्पामा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रोल्पामा हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ ।

विस्थापनतर्फ नवलपरासीमा सबैभन्दा बढी ७०० जना प्रभावित भएका ठकुरीले उल्लेख गर्नुभयो । गुल्मीमा २९८ र अर्घाखाँचीमा १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । विपद्का कारण प्रदेशभर अनुमानित रु ४० लाख १७ हजारबराबरको आर्थिक क्षति भएको छ । आर्थिक क्षतिमा दाङ सबैभन्दा अगाडि छ । दाङमा रु २२ लाख १० हजारबराबरको क्षति भएको विवरणमा उल्लेख छ । नवलपरासीमा रु पाँच लाख ६० हजार, बर्दियामा रु पाँच लाख ५७ हजार क्षति भएको छ ।

त्यस्तै दाङ, रुकुमपूर्व र रूपन्देहीमा एक-एक वटा विद्यालय क्षतिग्रस्त भएका छन् । बाँकेमा दुई तथा नवलपरासी, अर्घाखाँची, रुकुमपूर्व र रूपन्देहीमा एक-एक वटा उद्योगमा क्षति पुगेको छ । अर्घाखाँची, नवलपरासी, दाङ र पाल्पाका सरकारी कार्यालयमा पनि क्षति पुगेको पिइओसीले जनाएको छ । पाल्पामा दुई वटा सवारीसाधनमा क्षति भएको छ ।

विपद्का घटनामा घरबाहेक अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ । छ वटा गोठ पूर्ण र चारवटा आंशिक रूपमा क्षति भएका छन् । ७५ वटा पशुचौपाया क्षति भएका छन् । बाढीका कारण दाङ, गुल्मी र रुकुमपूर्वमा एक-एक वटा पुलमा क्षति पुगेको छ । रासस