१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध

शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध
अ अ+ अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि विराटनगर किङ्गसले भारतीय मूलका अमेरिकी अन्तरराष्ट्रिय क्रिकेटर शुभम रांजणेलाई टोलीमा पुनःअनुबन्ध गरेको छ ।

रांजणेले एनपिएलको दोस्रो संस्करणमा विराटनगर किङ्ग्सबाट प्रभावशाली प्रदर्शन गरेका थिए । उनले चार खेलमा ८७ रन बनाउँदै टोलीको ब्याटिङमा महत्त्वपूर्ण योगदान दिएका थिए ।

उनको ब्याटिङ औसत २९ तथा स्ट्राइक रेट १२९ दशमलव ८५ रहेको थियो । प्रतियोगिताका क्रममा उनले पाँच चौका र चार छक्का प्रहार गरेका थिए ।

ब्याटिङसँगै बलिङमा समेत योगदान दिएका रांजणेले दोस्रो संस्करणमा १० ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए । उनको यही बहुआयामिक क्षमताका कारण विराटनगर किङ्ग्सले तेस्रो संस्करणका लागि उनलाई पुनः टोलीमा समावेश गरेको हो ।

विराटनगर किङ्ग्स व्यवस्थापनले रांजणेको अनुभव, बहुआयामिक क्षमता र दबाबको अवस्थामा प्रदर्शन गर्न सक्ने क्षमतालाई टोलीका लागि महत्त्वपूर्ण पक्षका रूपमा लिएको जनाएको छ । टोली व्यवस्थापनका अनुसार रांजणेले आवश्यकताअनुसार ब्याटिङ र बलिङ दुवैमा भूमिका निर्वाह गर्न सक्ने भएकाले उनको उपस्थितिले टोलीलाई थप मजबुत बनाउनेछ । टोलीमा पुनः आबद्ध भएपछि रांजणेले पनि खुसी व्यक्त गर्दै आगामी सिजनमा अझ प्रभावकारी प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन् ।

“विराटनगर किङ्ग्ससँग फेरि जोडिन पाउँदा म निकै उत्साहित छु । गत संस्करणको अनुभव विशेष थियो र टोलीसँगको सम्बन्ध पनि निकै राम्रो रह्यो । अब तेस्रो संस्करणमा अझ राम्रो प्रदर्शन गर्दै टोलीको लक्ष्य पूरा गर्न योगदान दिने मेरो प्रयास हुनेछ”, रांजणेले भने ।

उनले एनपीएल नेपाली तथा विदेशी खेलाडीका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट मञ्च बनेको उल्लेख गर्दै विराटनगर किंग्सले आफूमाथि देखाएको विश्वासप्रति आभार व्यक्त गरे । नेपालमा क्रिकेटप्रतिको बढ्दो क्रेज र समर्थकहरूको उत्साहले आफू प्रभावित भएको पनि उनले बताए ।

रांजणेले घरेलु, अन्तरराष्ट्रिय तथा विभिन्न फ्रेन्चाइज प्रतियोगितामा लामो अनुभव बटुलेका छन् । उनले आफ्नो करियरमा मुम्बई, महाराष्ट्र, गोवा, राजस्थान रोयल्स, सियाटल ओर्कास, टेक्सास सुपर किङ्ग्स, जोबर्ग सुपर किङ्ग्स, शारजाह वारियर्स तथा ढाका क्यापिटल्सलगायत टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् ।

क्रिकेट पृष्ठभूमि भएको परिवारबाट आएका रांजणे भारतका पूर्वक्रिकेटर वसन्त रांजणेका नाति तथा महाराष्ट्र र भारत यु-१९ बाट खेलिसकेका सुभाष रांजणेका छोरा हुन् । रासस