२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा सुधीर शर्माको नियुक्त



अ+ अ-

काठमाडौँ । कान्तिपुर दैनिकको प्रधान सम्पादकमा सुधीर शर्मा नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले सोमबार पब्लिकेसन्समा आयोजित एक समारोहबीच शर्मालाई प्रधान सम्पादक नियुक्त गरिएको घोषणा गरेका हुन् । सिरोहियाले सोमबार नै प्रधान सम्पादक नारायण वाग्लेले दिएको राजीनामा स्वीकृत गरिएको समेत जानकारी गराए।

‘उनले व्यक्तिगत कारणबाट यो पब्लिकेसन्ससँग अलग हुने निर्णय गरेका छन्,’ अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले भने, ‘उहाँको अनुभव, इमान्दारिता र व्यावसायिकताका लागि धन्यवाद दिन चाहन्छौं। नवनियुक्त प्रधान सम्पादक शर्माले विगतमा वाग्लेकै उत्तराधिकारीका रूपमा कान्तिपुर दैनिकको समाचार कक्षलाई आफूले नेतृत्व गरेको र फेरि पनि वाग्लेकै उत्तराधिकारीका रूपमा फर्केर आउन पाउँदा खुसी लागेको बताए।

समारोहमा बिदाई भएका प्रधान सम्पादक वाग्लेले अहिले मुलधारका सञ्चार माध्यमलेभन्दा भीडले जनमत बनाएर समाज अगाडि बढिरहेकोले त्यसलाई चिर्नु मिडियाका लागि चुनौती रहेको बताए। उनले शर्माको नेतृत्वमा कान्तिपुर र पत्रकारिता थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

शर्माले भने, मैले लामो समय यही हाउसमा पत्रकारिता गरेँ, छाडेर बाहिर रहेँ। यसबीच मैले सँगालेको अनुभवबाट सिकेर हामी अगाडि बढ्ने छौं,’ उनले भने,’अहिलेको हाम्रो प्रमुख चुनौती नारायणजीले भने जस्तै सामाजिक सञ्जाल र सडकमा भीडले बनाउने जनमत नै हो। समाजलाई सही दिशा दिएर जनमत निर्माण गर्ने कार्यमा हामी सबै मिलेर लाग्नुको विकल्प छैन ।’

शर्माले यसअघि १० वर्षसम्म कान्तिपुर दैनिकको नेतृत्वमा रहेर १३ महिना अघि राजीनामा गरेका थिए ।