१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज
अ अ+ अ-

काठमाडौं । कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज भएको छ ।

लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव एक लाख क्यसेक पार गरेपछि दुई दिनदेखि शारदा ब्यारेज (बनवासा पुल) मा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले आज बिहान महाकाली नदीमा पानीको बहाव घटेसँगै बनवासा पुल पूर्ण रूपमा सञ्चालन भएको जानजकारी दिनुभयो । प्रहरीका अनुसार अहिले पानीको बहाव ९८ हजार क्यसेक मापन गरिएको छ ।

भारतीय पक्षले एक लाख क्युसेक बहाव नाघेपछि पुल जीर्ण भएको कारण देखाउँदै ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको थियो । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडाैँ, पोखरालगागत स्थानका लागि आजदेखि यातायात सेवा सञ्चालन भएको महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नविन भट्टले जानकारी दिनुभयो ।

“वर्षाका कारण काठमाडाैँका यात्रुवाहक बस चार दिनदेखि र सुदूरपश्चिमका पहाडी जिल्लामा तीन दिनदेखि यातायात बन्द गरिएको थियो”, अध्यक्ष भट्टले भन्नुभयो, “मौसममा सुधार आएसँगै यातायात सेवा पनि आजदेखि सुरु भइसकेको छ ।”