११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी
अ अ+ अ-

काठमाडौँ । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड खुलाउन १० वटा हेभी मेसिन परिचालन गरिएको छ ।

विपद् व्यवस्थापन टोली र सडक डिभिजन कार्यालयको समन्वयमा डोजर, एक्साभेटर तथा लोडरसहितका मेसिन परिचालन गरी सडकमा खसेको लेदो, ढुङ्गा तथा माटो पन्छाउने काम तीव्र पारिएको हो ।

लगातारको भारी वर्षाका कारण मलेखुदेखि मुग्लिङसम्म विभिन्न स्थानमा ठूलो पहिरो खसेपछि सडकमा यातायात पूर्ण रूपमा प्रभावित भएको थियो । सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन् ।

पहिरो पन्छाउने क्रममा माथिबाट ढुङ्गा खस्ने जोखिम तथा निरन्तर वर्षा भइरहे पनि प्राविधिक टोलीले काम जारी राखेको छ । सडकलाई सकेसम्म चाँडो एकतर्फी सञ्चालनमा ल्याएर रोकिएका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न नदी तथा खोलामा बाढी आउनुका साथै पहाडी क्षेत्रमा पहिरो जाने क्रम बढेको छ । पृथ्वी राजमार्गलगायत अन्य रणनीतिक सडकसमेत अवरुद्ध हुँदा यातायात तथा दैनिक जनजीवन प्रभावित भएको छ ।

सुरक्षा निकाय तथा सडक विभागले पहिरोको जोखिम रहेका सडकमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।