१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो

एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली

एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली
अ अ+ अ-

काठमाडौँ । बिहीबारको केन्द्रीय समिति बैठकमा एमालेका अध्यक्ष केपी ओलीले जब अकस्मात विद्या भण्डारीको नाम लिए, त्यसपछि बैठक एकछिन् निकै शान्त बन्यो । किनभने यसअघिका बैठकहरुमा भण्डारीको नाम लिन र उनलाई पार्टीमा भित्र्याउने सल्लाह दिन बर्जित जस्तै थियो । त्यसैले ओलीले भण्डारीको नाम आफैँ लिएपछि बैठकका सहभागीबीच मुखामुख हुनु स्वाभाविक पनि हो ।

ओलीले नाम लिए र भण्डारीलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर पार्टीको वरिष्ठ नेतामा मनोनित गर्ने प्रस्ताव पनि गरे । पूर्व राष्ट्रपति भण्डारी एमालेकै पूर्वउपाध्यक्ष हुन् । बिहीबार ललितपुरको भनिमण्डलस्थित रामबाघमा सम्पन्न बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सम्मानित वरिष्ठ नेतामा मनोनीत गरेको थियो ।

यो पनि पढ्नुहोस- विद्या भण्डारीलाई अध्यक्ष बनाउन सकिँदैन: ओली

करिब २० महिना मात्र अघि अध्यक्ष ओलीकै अडानका कारण भण्डारीको पार्टी सदस्यता समेत नवीकरण भएको थिएन । अहिले ओलीकै प्रस्तावमा पद सिर्जना गरी भण्डारीलाई वरिष्ठ नेता बननाइयो । पार्टीको विधानमा त्यो पद छ छैन भन्दा पनि अध्यक्षकै प्रस्तावमा बैठकले सर्वसम्मतिबाट वरिष्ठ नेता बनाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यो पनि पढ्नुहोस- विद्या भण्डारीको सदस्यता नवीकरण हुँदैन, जबज परिवारको सम्पत्ति होइन: केपी ओली

योसँगै भण्डारीको पुनरागमनले वामपन्थी एकता, सहकार्य र ध्रुवीकरणले नयाँ मोड लिनसक्ने चर्चा पनि राजनीतिक वृत्तमा चलेको छ, जुन स्वाभाविक हो ।

उता ओलीको यो कदमलाई लिएर राजनीतिक वृत्तमा दुई वटा दृष्टिकोणबाट विश्लेषण भएको छ । पहिलो, चुनावी पराजयपछि एमालेभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको विषयमा नेतृत्वमाथि दबाब बढ्दै जाँदा ओली अप्ठ्यारोमा परेका थिए र त्यसपछि त्यो अवस्थालाई छायाँमा पार्न उनको यस्तो निर्णय हुनु स्वभाविकै हो ।

यो पनि पढ्नुहोस –विद्या भण्डारीको सदस्यताबारे ओलीले भने–खोसेको होइन, राष्ट्रपति हुन छोडेर जानु भएको हो

किनभने पूर्वउपाध्यक्ष भण्डारीको सदस्यता नवीकरण गर्न ओलीले नै नमानेको विषय पार्टीकै इतर पक्षको एउटा राजनीतिक हतियार पनि बनेको थियो । यसकारणले पनि विरोधीको मुख बन्द गर्न ओलीले ‘विद्या कार्ड’ को प्रयोग गरेको हुनसक्ने आँकलन कतिपयको छ ।

अर्को कुरा ओलीले अहिले अध्यक्षको दाबेदारीका लागि अस्तित्वमा रहेका उपाध्यक्षहरु जति पनि छन् उनीहरुलाई नदिनका लागि पनि यो कार्ड खेलेका हुन सक्दछन् । यसमा उनले रामबहादुर थापा बादलको भर नदेखेका हुनसक्छन् । बादलबाट आफूपछिको नेतृत्व हुन सक्ने कुरामा ढुक्क देखेका भए के ओलीले विद्या कार्ड खेल्थे या खेल्दैनथे ? यो दुवै तर्क र चर्चा अहिले बजारमा छ ।

यो पनि पढ्नुहोस- विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन, पार्टीमा बबन्डर गर्ने कोसिस गर्नु गलत भयो: प्रधानमन्त्री ओली

नेपालमा भारतले नाकाबन्दी लगाएको समय र त्यसलगत्तैको अवस्था यस्तो थियो कि अरु पार्टीका उनका समकालीन नेताहरुलाई ओलीले उछिनिसकेका थिए । विसं २०४६ को परिवर्तनपछि मदन भण्डारीले भन्ने गर्दथे— अरु बामपन्थी साथीहरुलाई त हामीले धरहराको टुप्पाबाट तल फर्किएर हेर्नुपर्छ, हामीले निकै साना र तल देख्छौँ ।

राष्ट्रियताको सबालमा ओलीको यस्तै उचाई बनिसकेको थियो । किनभने भारतले नाकाबन्दी लगाउँदा पनि उनी डटेरै लडे, झुकेर बोलेनन् । नत कुनै दूत नियुक्त गरेर वार्ताका लागि नै भारत पठाए । यसरी उनले पहिलो कार्यकालमै प्रधानमन्त्री बन्दा आफ्नो उचाई यसरी हासिल गर्न सके कि नेपाली जनताले देशको राष्ट्रवादी नेता नै ओलीको अडानमा देखेका थिए ।

यसलाई उनले पछि फेरि थप पोलिस गर्ने अवसर पाए र दोस्रो कार्यकालको प्रधानमन्त्रीमा आइपुग्दा नेपालको चुच्चे नक्सा नै जारी गराए । जुन विषय संविधानको अनूसचीमै अझै सूचीकृति छ । जसलाई संसदबाट सर्वसम्मत पारित पनि गराए, पार्टीहरुले यो मुद्दामा संसदको एकै ठाउँमा अभिएर हस्ताक्षर नै गरे ।

यो पनि पढ्नुहोस –विद्या भण्डारी एमालेमा फर्किनेबारे ओलीको टिप्पणी: ‘फलाना आउने अरे भनेर अर्को खेल खेलिँदैछ’

त्यसताका त प्रधानमन्त्रीका विरुद्धमा जो बोल्छ उनका साइबर सेनाले लगभग उछितो नै काडिदिन्थे । ओलीको विरोध सामाजिक सञ्जालमा कहिल्यै देख्न पाइँदैनथ्यो । नत पार्टीभित्रै नै विरोध कसैले गर्न सक्दथे । सायद त्यसैताकाबाट पार्टीभित्र उनको पदवी नै बा भयो । हुँदाहुँदै उनी पार्टीबाहिर पनि बा कहलिए । सबैले बा भन्न थाले, उनी राष्ट्रिय बा बोले ।

तर, परिस्थितिको पासा यसरी पल्टियो कि उनको तेस्रो कार्यकालमा आउँदा सामाजिक सञ्जालमा उनका पक्षमा लेखिदिने मान्छे नै भएन । ती लाखौँलाख साइबर सेना कता हराए पत्तै भएन । उनको पछिल्लो प्रधानमन्त्रीत्वको कार्यकालको अवस्था यतिसम्म गएगुज्रेको बन्न पुग्यो कि उनले र उनको सरकारले गरेका कुनै पनि काम जनताका नजरमा राम्रा भएनन्, मानिएनन् । जेनजी आन्दोलनसम्म आइपुग्दा ओली स्वयं र सरकारको आलोचनाको पारो निकै माथि उक्लिसकेको थियो । आखिर त्यही आक्रोसको ज्वालाले देश नै जलायो, सायद निहुँ फेसबुक बन्द बन्न पुग्यो होला ।

ओलीलाई अनुमान पनि थिएन होला सायद यति साह्रो रुपमा आफ्नो लोकप्रियता ह्रासोन्मुख होला भनेर । त्यो विरोध र आलोचना सरकारमा मात्र सीमित थिएन, पार्टीमा पनि सर्दै थियो । किनभने कतिपय त सरकारले गरेका राम्रा कामहरु पनि थिए तर तिनको समेत आलोचना हुँदा पनि पार्टीका कुनै नेता कार्यकर्ताले त्यसको बचाउ नै गर्न खोज्दैनथे, गर्दैनथे ।

बाहिर यस्तो अवस्था भए पनि ओलीले बाल दिएनन् । न पार्टी र नत सरकारमै । उनले आफ्ना विरोधीमाथि प्रतिशोध राख्न छोडेनन् । न आफू सच्चिनुपर्छ भन्ठाने र नत पार्टीभित्र सन्तुलन नै मिलाउन खोजे । उनी आफ्नै बाटोमा हिँडिरहे अनि पार्टीका अरु नेता आआफ्नै ।

उनले जेनजी आन्दोलनपछि नै पार्टीमा निकास देलान् र नयाँ पुस्ताले पार्टी हाँक्ने अवसर पाउला भन्ने अपेक्षा धेरैको थियो, तर त्यो अवसरमा उनीबाट आएन मात्र होइन कि सम्भवै भएन । उता कांग्रेसमा विद्रोह भयो र विशेष महाधिवेशनमार्फत् गगनहरुले कब्जा गरे । तर, यता त्यसो गर्ने आँट कसैको भएन । नत ओलीले छोड्ने आँट नै देखियो ।

अहिले ओलीको परिस्थिति निकै बिग्रेर गयो । परिस्थिति यहाँसम्म आयो कि उनको साथमा विष्णु पौडेल र शंकर पोखरेल जस्ता हस्ती पनि रहेनन् । तर पनि ओलीले मार्ग प्रसस्त गर्न चाहेनन् । उनले माओवादी पृष्ठभूमिका बादल मात्र च्यापे र विष्णु र शंकर जस्ता आफ्ना हस्तीहरुमाथि पानी पारिरहे ।

तर, यो बिग्रिएको मौसममा बादलले पारिरहने एकोहोरो पानीले मात्र ओत्ने लाग्ने ओलीलाई । ओली जति अलोकप्रिय हुँदैछन्, त्यति खेल्दै पनि छन् ।

दिनदिनै आफ्नैहरूसँग हार्दैछन् ओली। तर पनि उनी जित्ने प्रयास भने गरिरहेको देखिन्छ। तर, नजितिने खेल नै उनी खेलिरहेका छन्।

एक केन्द्रीय सदस्यका अनुसार पछिल्लो समय एमालेको अवस्था यस्तो बनेको छ, जहाँ निर्णायक, नियम र खेलाडी—सबै ओली नै भएका छन्।

केन्द्रीय समितिको बैठकको अध्यक्षता नै स्वभाबिक नै भयो तर संञ्चालन समेत आफैले गरेर ओलीले सबै प्रति आशंका गरे । महासचिबको भूमिकामा समेत आफै प्रस्तुत भएर ओलीले सबै जिम्मेबारी आफै गर्न खोज्नु हतास मानसिकताको उपज भएको ती नेताले बताउनु भयो । उहाँले भन्नुभयो ‘माईन्यूट लेख्ने काम चाहि आफै किन गर्नुभएन त्यो अचम्म लागिरहेछ । ‘

अरूले उनले जित्नैपर्ने नियम मान्नुपर्ने, मैदानमा प्रवेश गर्नसमेत नपाउने अवस्था छ। तर पार्टी भने निरन्तर पराजय व्यहोर्दै जाने स्थिति बनेको ती केन्द्रीय सदस्यको भनाइ छ।