१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विद्या भण्डारीको सदस्यता नवीकरण हुँदैन, जबज परिवारको सम्पत्ति होइन : केपी ओली

विधान महाधिवेशन एकताको महाधिवेशन हुन्छ, अन्यथा गरे महाधिवेशनमा हिसाब किताब गरिन्छ

विद्या भण्डारीको सदस्यता नवीकरण हुँदैन, जबज परिवारको सम्पत्ति होइन : केपी ओली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिहरूलाई बुधबार साँझ प्रशिक्षण दिनु भएको छ ।

एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाका अनुसार प्रशिक्षणका क्रममा प्रधानमन्त्री ओलीले पार्टीभित्रको अन्तरसंघर्ष, विधान महाधिवेशनको प्रक्रियादेखि राष्ट्रिय राजनीतिबारे कुरा राख्नु भएको थियो ।

प्रधानमन्त्रीको निर्देशनात्मक मन्तव्यलाई निरौलाले ४८ बुँदामा फेसबुकमा राख्नु भएको छ । प्रशिक्षणका क्रममा प्रधानमन्त्री ओलीले पार्टीको सक्रिय राजनीतिमा फर्कन बल गरिरहनु भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी , रास्वपा सभापति रवि लामिछाने देखी राजेन्द्र लिङदेन का बारेमा खरो टिप्पणी गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारी प्रति आक्रमकहुनु भएका ओलीले भण्डारीको सदस्यता नवीकरण नहुने ,उहासँग पार्टी चलाउन अनुभव नरहेको र जनताको बहुदलीय जनवाद कसैको पारिवारिक सम्पत्ति नरहेको जिकिर समेत गर्नुभएको थियो ।

ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत बाटो बिराएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो ‘ईश्वर पोखरेल कहाँ पुग्नु हुन्छ, बाटो बिराएर हिँड्नु भयो अभागीलाई खाने बेलामा रिस उठ्छ ।’

प्रधानमन्त्रीको निर्देशनात्मक मन्तव्यलाई निरौलाले ४८ बुँदामा फेसबुकमा राख्नु भएका छ ।

यस्तो छ निर्देशन

बिधान अधिबेशनका प्रतिनिधिहरुलाइ बालुबाटार प्रशिक्षण संयोजनकर्ता कमरेड रामेश्र्वर फुयाललाइ धन्यवाद

११ भाद्र २०८२

१)पार्टी दुइतिहाइ मत आउने थियो बामदेबले पार्टी फुटाउनु भयो ।२०५४

२ एकले अर्कालाइ निस्कासन गर्दै अगि बडियो र हालको पार्टी निर्माण भयो

३) हाल केहीले पुर्ब राष्ट्रपतिको फोटो राखेर धन्दा गरिराछन ।

४)च्यासलले सदस्यता खायो भन्नुहुन्छ सदस्यता खाएको छैन । पार्टीमा निवेदन दिनुभएको छैन । प्रकृया मिलेन ।

५ )बालुवाटार बोलाएको आउनु भएन पार्टी कार्यालय भेटियो ।

६ ) सदस्यता नबिकरण हुदैन पार्टीले निर्णय गर्नु पर्छ ।

७ ) राजनीतिमामा आउनुहुन्न ।

८)मलाइ सहयोग गर्नु तपाई चलाउन सक्नुहुन्न भन्नुभयो ।

९ भ्रममा नरहन भने । अनुभब छैन भने ।

१०) चुनाब लड्ने त भन्नु भयो , यो पार्टीमा चुनाब लड्नु पर्दैन भने ।

११) पूर्बराष्ट्रपति भएको ब्यक्तिले अशोभनिय गतिबिधि गर्नु भएन ।

१२ ) पार्टी पक्षमा नबोलेकाहरुलाई भेला गरेर हिड्नु भएको छ ।

१३ )चक्रपथमा मलाई जथाभाबी लेखाउने काम भयो ।

१४ )फाउन्डेशन मैले खोलेको किनकि जन्म जयन्ती र स्मृति मनाउन नदिएकोले

१५) राजमाता हुन भनि रहदा मैले विद्यालाईअगि सारे

१६ ) नेकपा एमालेमा आएर अध्यक्ष हुन सम्भब छैन ।

१७ ) आआफ्नो योग्यताका कारण हामी यहाँ आई पुगेका छौ ।

१८)  आन्दोलनलाइ पार्टीले आगाडि बडाको छ तर यो नदेख्ने । बिरोधीलाइ सहयोग गर्ने

१९) सरकारले गरेको सकारात्मक कामको चर्चा

२० ) अदालत मार्फत बाधा हाल्ने कोसिस गरिएको छ बाधा पन्छाएर अगि बढिन्छ ।

२१ ) सेन्टिमेन्टमा गएर हुदैन मदन भण्डारीका बिचार पबित्र हो घर हैन

२२ ) जबज परिवारको सम्पति हैन

२३ ) जबज फाउण्डेशनले बचाउने हैन

२४ ) पार्टीमा समस्या ल्याउने हैन

२५ ) इश्वर पोखरेल कहाँ पुग्नु हुन्छ बाटो बिराएर हिड्नु भएन

२६) अभागीलाइ खाने बेलामा रिस उठ्छ

२७) बिनोद ढकालले ९ औ महाधिबेशनमा मलाइ सहयोग गर्ने प्रमुख पात्र हुन

२८ ) विधानबारे कर्णले गलत कुरा गरे

२९ ) पत्रकार ले पार्टी सदस्ता दिने हैन

३० )गणतन्त्र गौरबलाइ बिवादमा पर्ने काम भयो

३१) विद्याजीलाई अध्यक्ष दिन सकिन्न चुनाब भयो भने हार्नु हुन्छ।

३२) लालगेडी भएर पार्टी चल्दैन तेसैले बिध्याजीको सम्भाबना छैन

३३ )मैले जति सम्मान अरुले गरेको छैन होला विद्याजीलाई साथ दिदा म अपमानित हुनु परेको छ

३४ ) म एकोहारो हो म भन्दा पनि मदन तर सहकार्यमा थियौ

३६) म सपनामा छु कि जस्तो लाग्छ

३६ ) विद्या बाहेक कसैको दम छैन उहाँले छोडे सबै मिल्छ

३७ ) विद्याजीको सम्मानको लागि उहाँलाइ नउचालौ

३८ ) ब्यक्ति ठुलो कुरा हैन आन्दोलन बचाउनु पर्छ ।

३९ ) विद्या भण्डारी सम्पति हो

४० ) उहाँको लडाइ सदस्यताको हैन

४१)  प्रोटोकल हेरेर प्रतिष्ठा बनाउनु हुन्न

४२) सही बिचार प्रस्तुत गर्छु फरकमत राखिरहनु पर्दैन तेही पेस गर्छु । यो इतिहास हो ।इतिहासको रुपमा आउछ । यो नीतिको रुपमा आउछ ।

४३ )एकदिन दस्ताबेज प्रस्तुत एक दिन छलफल एक दिन समापन

४४ ) बिधान अधिबेशन एकताको अधिबेशन हुन्छ अन्यथा गरे महाधिबेशनमा हिसाब किताब गरिन्छ ।

४५ ) साथीहरुको आम चाहाना र समयको माग र म स्वस्थ रहेको हुदा कार्यकाल र ७० बर्ष आबश्कता रहेन

४६) रबि लामिछानेलाइ मैले बनाएको

४७ ) राजेन्द्र लिङदेनले अब झापामा जितेको हेरैन हिजो पो हामिले सहयोग गरेका थियौ ।

४८)  राष्ट्रियताको बारेमा हामि राजनिति गर्दैनौ