१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण

साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण
अ अ+ अ-

बागलुङ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा दशैँ , तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुपथ मूल्य पसलले उपभोक्तालाई राहत मिलेको छ।

कर्पोरेशनले जिल्लामा यही असोज ५ गते सोमबारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको आएपछि उपभोक्ताको भीड नै लागेको छ। दैनिक ५०० जनासम्म उपभोक्ता सुपथ मूल्य पसलमा आउने गरेको पाइएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङ शाखाले सहुलियत मूल्यमा चिनी, नून, दाल, चिउरा,मैदा, तोरीको तेल र आटाको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो।

उपभोक्ता सन्जय शर्माले चाडपर्वका मुखमा उपभोक्तालाई खाद्य पदार्थमा केही सहुलियत दिएपछि राहत मिलेको बताए।

नजिकिँदै गरेको दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियतका लागि बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित कार्यालयमा सुपथ मूल्य पसल सञ्चालन ल्याइएको साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङका कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए।

कार्यालयले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको छ। सुपथ मूल्यसँगै गुणस्तरीय सामग्रीका लागि उपभोक्ता लाइनमा बसेरै खाद्य सामग्री खरिद गर्न थालेका छन्।

बजारमा मूल्य वृद्धि भइरहेको चिनी, नुन तथा तेललगायतका उपभोग्य बस्तु सरकारी निकायले छुट सुविधासहित दिएपछि उपभोक्ता लामबद्ध भएर खरिद गर्न व्यस्त छन्।

उपभोक्तालाई बिलसहित कारोबार गरिरहेको छ। पसलबाट ग्राहकले सुपथ मूल्यमा नुन, चिनी, खाने तोरीको तेल तथा आटा खरिद गर्न सक्ने प्रमुख श्रेष्ठले बताए। पसल आगामी कात्तिक ३० गतेसम्म सञ्चालनमा रहने जनाइएको छ। रासस