९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण

कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’

कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’
अ अ+ अ-
काठमाडाैँ । कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’मा राखिएको  छ । भारी वर्षाको पूर्वानुमानपछि सुरक्षा निकायलाई चनाखोमा राखिएको हो ।
कञ्चनपुरका सबै पालिकामा सुरक्षा संयन्त्रले सम्भावित डुबानबाट बचाउन उद्धार सामग्रीसहित  सुरक्षा निकार्य सर्तक भएका छन् ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले सशस्त्र प्रहरी बलले पाँच वटा स्थानमा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्तिसहित उद्धार सामाग्रीहरु राखिएको जानकारी दिनुभयो ।
“कञ्चनपुरमा बाढी र डुबान हुनसक्ने सम्भावना रहेकाले सोही अनुसार तयारी गर्दै रबर बोट र तालिमप्राप्त सशस्त्र प्रहरी टोली एलर्ट छ ।”
सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले भन्नुभयो, “डुबान हुन सक्ने अवस्थायी मध्यनजर गर्र्दै विपद् व्यवस्थापन तालिमप्राप्त टिमले प्रतिक्रिया जनाउनेछ ।”
सशस्त्र प्रहरी बलले पुनर्वास नगरपालिका, बेलौरी, दोधारा चाँदनीको देवीस्थान, भीमदत्त नगरपालिकाको मझँगाउ र शुक्लाफाँटाका लागि गणमा टोली तयारी अवस्था राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरीले नदी तटीय क्षेत्रका बिओपीहरुलाई चँनाखो रहन निर्देश गरिएको छ ।
त्यसैगरी जिल्लाभर बाढी, डुबान भए तत्काल टोली खटाउनेदेखि जनधनको क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ‘कमाण्ड पोष्ट’ खडा गरिएको छ । पोष्टले जिल्लाभरको वस्तुस्थिति निगरानीसमेत गरिरहेको छ ।
त्यसैगरी नेपाली सेनाको पनि श्री नं २५ बाहिनी अड्डा अन्र्तगतका गण तथा गुल्महरु विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको छ ।
यहाँ बाहिनीका साथै सेनाको रणसिंह दल गण र बराहदल गुल्मले सम्भावित डुबान तथा बाढी जानसक्ने क्षेत्रका लागि तालिमप्राप्त टिमलाई जिम्मेवारी बाडफाँड गरेको सेनाले जनाएको छ ।
यहाँका नौ वटै पालिकालाई सेनाले विभिन्न टोलीलाई जिम्मेवारीअनुरुप बोट, सवारीसाधन, उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएको श्री नं २५ बाहिनी अड्डाले जनाएको छ ।
भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि यहाँका सबै पालिकाहरुले पनि सचेतता फैलाउनुका साथै आवश्यक तयारी गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले विपद्का बेला उद्धार, राहत र नागरिकको सुरक्षालाई ध्यान दिएर प्रतिकार्य योजना अघि बढाइएको छ ।
प्रशासनले उच्च सतर्कता अप्नाउन अनुरोधसहितको सूचनासमेत जारी गरिएको बताउँदै भारी वर्षाका बेला यात्रा नगर्न, महाकाली, जोगबुढा, मछेली, दोदा, लगात नदी नाला किनार, तटीय क्षेत्र डुबान हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले प्रहरी टोली सम्भावित विपद्को पूर्वतयारीसहित तयारी अवस्थामा रािखएको बताउनुभयो ।
“प्रहरीले तटीय क्षेत्रमा सचेतनाका लागि माइकिङ गर्नुका साथै जिल्लामा समन्वय र सहकार्य गरेर विपद् प्रतिकार्य तथा उद्धार राहतका लागि तयार छ ।” उहाँले भन्नुभयो, “अहिलेसम्म क्षति हुने गरी जर्षा भएको छैन ।”