९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण

बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन
अ अ+ अ-

काठमाडाैँ ।  नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बाजुराका ६७ वटा वडा र सात पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।

आजसम्म जिल्लाका ६९ मध्ये ६७ वडा र नौवटा स्थानीय तहमध्ये सात वटामा सर्वसम्मत नेतृत्व चयन भएको हो । नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बडुवालका अनुसार गौमुल गाउँपालिका–४ र ५ बाहेक अन्य सबै वडामा सफलतापूर्वक अधिवेशन सम्पन्न भएको छ ।

पार्टीको पालिका अधिवेशनअन्तर्गत हिमालीमा चन्द्रादेवी बुढा, खप्तड छेडेदहमा हर्कबहादुर शाही, स्वामीकार्तिक खापर गाउँपालिकामा विष्णु बुढा सभापति रहने गरी सर्वसम्मत नयाँ नेतृत्व चयन भएको बडुवालले बताउनुभयो ।

उहाँका अनुसार जगन्नाथमा कपुर गिरी, बुढीनन्दामा टेकबहादुर रोकाया, बडीमालिका नगरपालिकामा उमाकान्त उपाध्याय र गौमुल गाउँपालिकामा गोरख रोकाया सभापति चयन हुनुभएको छ । अब बाँकी रहेका त्रिवेणी र बूढीगङ्गामा सर्वसम्मत नेतृत्व चयन गर्न खोजिएको र हालसम्म सहमतिकै प्रयास भइरहेको पार्टी उपसभापति बडुवालले जानकारी दिनुभएको छ ।