१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नेपाललाई शोषण, दमन, उत्पीडनबाट मुक्त गर्न चाहन्छौँ- अध्यक्ष नेपाल (भिडियो सहित)

नेपाललाई शोषण, दमन, उत्पीडनबाट मुक्त गर्न चाहन्छौँ- अध्यक्ष नेपाल (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताउनु भएको छ । 

शुक्रवार काठमाडौंमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा अध्यक्ष नेपालले देशलाई सबै खालका अन्याय, अत्याचार र शोषण, दमनबाट मुक्ति दिलाउन चाहेको बताउनु भएको हो । उहाँले देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरु आफूसँग रहेको समेत बताउनु भयो । अध्यक्ष नेपालले यो देशलाई पिछडिएको अवस्थाबाट समुन्नत बनाउने पर्याप्त सम्भावना रहेको भन्दै देशमा नै नागरिकलाई खानका लागि चाहिने खाद्यान्नको आवश्यक परिपूर्ति पूरा गर्न सकिने बताउनु भयो । उहाँले नेपालमा रहेको अर्थतन्त्रका क्षेत्रहरुमध्ये कृषि अत्याधिक महत्वपूर्ण भएकोले कृषिलाई सबैभन्दा बढी प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी हाम्रो देश नेपाललाई गरिबी, अभाव र बेरोजगारीबाट मुक्त गराउन चाहन्छौँ । नेपाललाई शोषण, दमन, उत्पीडनबाट मुक्त गर्न चाहन्छौँ । देशलाई सबै खालका असहमानताहरुबाट, अन्याय, अत्याचार र थिचोमिचोबाट मुक्त गर्न चाहन्छौँ । हामी हाम्रो देश नेपालाई सुन्दर बनाउन चाहन्छौँ । नेपाली जनतालाई सुखी बनाउन चाहन्छौँ । हामी प्रत्येक नेपालीहरुको अनुहारमा उज्यालोपन देख्न चाहन्छौँ । मधुरमुस्कान देख्न चाहन्छौँ । प्रशन्न हृदयी भएको देख्न चाहन्छौँ । हामी प्राकृतिक सम्पदामा धनी देश हौँ,कृषि, पर्यावरण, वनजंगलको क्षेत्रमा धनी देश हौँ । फलफूलदेखि लिएर माछामासुसम्म सबै उपभोग्य वस्तुहरु, शरीरको निम्ति अत्यन्तै पोषक तत्वहरु, हामी हाम्रै देशमा उत्पादन गर्न सक्छौँ । हाम्रो नागरिकको आवश्यक्तालाई पूरा गर्न सक्दछौँ । साथै उत्पादन गरेर विदेशमा निर्यात पनि गर्न सक्दछौँ ।’

अध्यक्ष नेपालले कृषिमा लाग्दा इज्जत नघट्ने भन्दै सरकारले कृषिलाई बजारसँग जोड्न भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले सरकारले गुणस्तरलाई हेरर छिटो र छरितो विज्ञान प्रविधिलाई कृषिमा जोड्नुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले नेपालमा पर्यटन, जलविद्युत र कलकारखानाहरु खोल्न बलियो सम्भावना रहेको तर यसमा गहिरो अध्ययन अनुसन्धान आवश्यक रहेको बताउनु भयो । उहाँले प्रविधिको प्रयोगसँगै वातावरण्लाई पनि त्यत्तिकै महत्व दिन आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘कृषि क्षेत्रमा लाग्ने कुराले इज्जत घट्ने होइन, बढ्छ । यसले कृषि उद्योगको रुपमा अघि बढाउँछ । यी सबै उत्पादनलाई बजारसँग जोड्नका लागि बाटाघाटाको आवश्यक छ । भौतिक पूर्वाधारको विकासमा राज्यले दिनुपर्ने ध्यान । क्वालिटीको काम, छिटो छरितो काम । कम खर्चमा धेरै गर्न सकिने कामहरु होउन् । त्यसपछि मानिसहरुको शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्छ । नेपालमा पर्यटन विकासको विशाल सम्भावना छ । जलविद्युत विकासको विशाल सम्भावना छ । उद्योगधन्दा, कलकारखानाहरु खोल्न सकिन्छ । यी सबै चिजको निम्ति हामीले गहिरो अध्ययन गर्नुपर्दछ । अनुसन्धान, खोज गर्ने र आधुनिक विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्छ । हामीले अब औद्योगिक क्रान्ति मात्रै होइन, अब प्रौद्योगिक क्रान्ति आइपुगिसक्यो । टेक्नोलोजिको प्रविधि मात्रै होइन, डिजिटल इकोनोमि आइसक्यो । अर्कोतर्फ हामीले पर्यावरणलाई ध्यान दिनुपर्छ ।’

अध्यक्ष नेपालले नेपालमा प्रति शेक्टर प्रतिबिघा उत्पादन गर्ने क्षमता अत्यन्त कम रहेको भन्दै थोरै ठाउँमा धेरै उत्पादन हुने गरी आधुनिक तरिकाबाट कृषि गर्नुपर्ने बताउनु भयो । उहाँले सामुहिकता र सहकारिताका साथ कृषिमा लागे सबैलाई लाभ हुने बताउनु भयो ।