२३ असार २०८३, मंगलवार
,
Latest
बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुन मन्त्रालयसँग छैन सुगौली सन्धिको सक्कल प्रति



अ+ अ-

काठमाडौं । सुगौली सन्धि र १९५० को शान्ति तथा मैत्री सन्धिको सक्कल प्रति कानुन मन्त्रालयसँग पनि नरहेको मन्त्रालयले स्पष्ट पारेको छ । ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’को बुधबारको बैठकमा निमित्त कानुनसचिव धनराज ज्ञवालीले ती सन्धिको सक्कल प्रति फेला नपरेको बताए । ‘कानुन मन्त्रालयसँग सुगौली र १९५० को सन्धि छैन,’ उनले भने, ‘ती सन्धि हाम्रोमा फेला परेन ।’

समितिले २१ साउनमा गरेको छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कानुन मन्त्रालयमा ती कागजात हुन सक्ने अनुमान गरेका थिए । नेपालका महत्वपूर्ण दस्तावेज कहाँ छन् भन्नेबारे समितिले खोजी गरिरहेको छ । समितिका सदस्यहरू राष्ट्रिय अभिलेखालय, पुरातत्व विभाग, राष्ट्रिय संग्रहालय, सर्वोच्च अदालत पुस्तकालय, केशर पुस्तकालय, संसद्को पुस्तकालय, नारायणहिटी दरबार संग्रहालयसम्म पुगेर खोजी गरेका थिए ।

तर कतै नपाएपछि ५ साउनमा समितिले राष्ट्रिय महत्वका दस्तावेज कहाँ र कसरी राख्ने भन्नेबारेमा सरकार गम्भीर नदेखिएको बताएको थियो । सुगौली सन्धिबारे समितिले मन्त्रालयहरूलाई पत्राचार गरेको थियो । इतिहासविद् रमेश ढुंगेल भने सुगौली सन्धिको सक्कल प्रति तीन ठाउँमा हुन सक्ने अनुमान गर्छन् । ‘बाबुराम आचार्य, योगी नरहरिनाथ वा राजदरबारको लाल ढड्डामध्ये कतै हुन सक्छ,’ उनी भन्छन्, ‘नेपालको सुगौली सन्धिको कपी बेलायतमा छैन । मैले त्यहाँ रहँदा भेटिनँ । एक प्रति नेपालमै हुनुपर्छ । अब कहाँ धमिराले खाएर बसेको छ, त्यो खोज्नुपर्छ ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।