६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा

एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा
अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का केन्द्रिय सदस्य गोकुल बाँस्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्नुभएको प्रतिवेदन र त्यसमा व्यक्त गरिएको आत्मालोचनालाई सकारात्मक रूपमा लिएको बताउनुभएको छ ।

मंगलवार ललितपुरमा जारी पार्टीको केन्द्रिय कमिटी बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बाँस्कोटाले अध्यक्षको प्रतिवेदन सैद्धान्तिक रूपमा सही भएपनि त्यसको सफलता व्यवहारिक कार्यान्वयनमा भर पर्ने जिकिर गर्नुभएको हो ।

नेता बाँस्कोटाले अध्यक्ष ओलीले विगतका कमजोरीहरूलाई महसुस गरी प्रश्तुत गर्नुभएको प्रतिवेदन ढिलै भएपनि स्वागतयोग्य रहेको बताउनु भयो ।

पार्टीभित्र लामो समयदेखि चल्दै आएको पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहसका बारेमा सोधिएको प्रश्नमा उहँले सो विषय महाधिवेशनमा फेरि उठ्ने प्रस्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अध्यक्षले विगतका कमजोरीको समीक्षा गर्नु र आत्मालोचनासहितको प्रतिवेदन ल्याउनु पहिलो सुधारको संकेत हो । तर यी कुराहरू केवल कागजमा सीमित नभएर व्यवहारमा देखिनुपर्छ । नेतृत्व परिवर्तनको विषय कहिल्यै सकिँदैन, यो पार्टीको प्रक्रिया हो । अहिले हामी महाधिवेशनबाट पराजित भएको अवस्थामा छौँ, हारपछि सघाउने हाम्रो संस्कार हो । तर जब अर्को महाधिवेशन आउँछ, त्यतिबेला यो बहस स्वतः अगाडि आउँछ ।’

कार्यदलको प्रतिवेदन र तल्लो तहबाट आएका हजारौँ सुझावहरूलाई अध्यक्षको ४० बुँदे प्रतिवेदनले समेट्ने प्रयास गरेकोमा उहाँले सन्तोष व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल