६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग

सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो

सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो
अ+ अ-

काठमाडौं । सल्यानका विभिन्न स्थानीय तहमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएको छ । पछिल्लो एक महिनामा दार्मा गाउँपालिकामा मात्रै स्क्रब टाइफस संक्रमणका कारण सात जनाको मृत्यु भएको नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेशकुमार मल्लले बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद मल्लले संक्रमण बढिरहेका बेला स्थानीय स्वास्थ्य संस्थामा रोग पहिचानका लागि आवश्यक परीक्षण किटको समेत अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नागरिकको स्वास्थ्यजस्तो संवेदनशील विषयमा बेवास्ता नगर्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद मल्लका अनुसार सल्यानको दार्मा, कुमाख र बागचौर गाउँपालिकामा स्क्रब टाइफसको संक्रमण बढिरहेको छ । पछिल्लो दुई महिनामा दार्मा र बागचौरमा ३३५ जनाको परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका मध्ये करिब ३५ प्रतिशतमा संक्रमण देखिएकाले पर्याप्त परीक्षण हुन नसक्दा संक्रमितको वास्तविक संख्या अझ बढी हुनसक्ने उहाँले बताउनुभयो ।

स्थानीय तहले संक्रमण नियन्त्रण तथा परीक्षणका लागि आवश्यक परीक्षण किट, औषधि र स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रदेश तथा संघीय सरकारसँग माग गर्दै पत्राचार गरेको लामो समय भइसक्दा पनि ठोस सहयोग प्राप्त हुन नसकेको सांसद मल्लको भनाइ छ । परीक्षण किटको अभावमा समयमै रोग पहिचान हुन नसक्दा बिरामी थप जोखिममा परेको उहाँले बताउनुभयो ।

उहाँले जोखिमयुक्त क्षेत्रमा तत्काल घरदैलो स्वास्थ्य परीक्षण सञ्चालन गर्न, जनचेतनामूलक अभियान चलाउन तथा स्वास्थ्यकर्मीलाई आवश्यक अभिमुखीकरण दिन सरकारसँग माग गर्नुभयो । संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी संक्रमण नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्नुपर्ने उहाँको भनाइ छ ।

सांसद मल्लले नेपालमा पछिल्ला वर्षहरूमा स्क्रब टाइफसको संक्रमण उल्लेख्य रूपमा बढिरहेको तथ्यांकसमेत प्रस्तुत गर्नुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९/८० मा देशभर ९ हजार २४३ जनामा संक्रमण पुष्टि भएकोमा आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर २५ हजार ४९४ पुगेको छ ।

विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्क्रब टाइफसको जोखिम बढी देखिएको भन्दै उहाँले जोखिमयुक्त क्षेत्रमा औषधि, परीक्षण किट र स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले संक्रमण नियन्त्रणका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उहाँले बताउनुभयो ।