६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह
अ+ अ-

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्दै बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा, स्वास्थ्य र मनोसामाजिक सुरक्षामा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।

समिति सभापति ओजश्वी शेरचनले बाढी प्रभावित बालबालिकाको अवस्था जटिल रहेको बताउँदै तत्कालीन व्यवस्थापनसँगै दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार होल्डिङ सेन्टरमा महिला, बालबालिका, दुधे बालबालिका र गर्भवती महिलाको विवरण राखेर आवश्यक व्यवस्थापन गर्ने प्रयास भए पनि सबै स्थानमा पर्याप्त व्यवस्था हुन सकेको छैन ।

केही होल्डिङ सेन्टरको व्यवस्थापन राम्रो भए पनि कतिपय स्थानमा खानेपानीलगायतका समस्या देखिएको सभापति शेरचनले बताउनुभयो । बाढीका कारण अभिभावक गुमाएका तथा मानसिक रूपमा संवेदनशील अवस्थामा रहेका बालबालिकालाई मनोसामाजिक परामर्शको आवश्यकता रहेको उहाँको भनाइ छ । केही होल्डिङ सेन्टरमा स्वयंसेवी मानसिक स्वास्थ्य परामर्शदाताले सेवा दिइरहेको पनि अनुगमनका क्रममा भेटिएको उहाँले जानकारी दिनुभयो ।

बालबालिकाको दीर्घकालीन व्यवस्थापनका लागि उमेर समूहअनुसार छुट्टाछुट्टै योजना बनाउनुपर्ने सभापति शेरचनले बताउनुभयो । उहाँले तीन वर्षसम्म, तीनदेखि छ वर्ष, छदेखि १३ वर्ष र १३ देखि १८ वर्षसम्मका बालबालिकाको पोषण, स्वास्थ्य र शिक्षाका आवश्यकता फरक हुने भएकाले सोहीअनुसार कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

बाढी प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन केही स्थानमा अस्थायी सिकाइ केन्द्र सञ्चालन गरिएको समितिले जनाएको छ । अनुगमनका क्रममा समितिले यस्ता केन्द्रको समेत निरीक्षण गरेको थियो । तर, अस्थायी सिकाइ केन्द्र तत्कालका लागि मात्र उपयुक्त हुने भएकाले बालबालिकाको दीर्घकालीन शिक्षाका लागि सरकारले विशेष योजना बनाउनुपर्ने सभापति शेरचनको भनाइ छ ।

उहाँले बाढीबाट अभिभावक गुमाएका बालबालिकाको मानसिक अवस्था संवेदनशील हुन सक्ने भन्दै उनीहरूका लागि दीर्घकालीन मनोसामाजिक परामर्श तथा संरक्षणको व्यवस्था आवश्यक रहेको बताउनुभयो ।

अनुगमनका क्रममा महिनावारी भएका महिला तथा सुत्केरीका लागि आवश्यक सरसफाइ र स्वच्छताको अवस्थासमेत निरीक्षण गरिएको समितिले जनाएको छ । संघीय सरकार, स्थानीय तह र स्वयंसेवकको समन्वयमा मोबाइल शौचालयलगायतका व्यवस्था गरिए पनि कतिपय स्थानमा खानेपानीको अभाव देखिएको सभापति शेरचनले बताउनुभयो ।

समितिले अब तत्कालीन राहत र आश्रयको व्यवस्थापनमा मात्र सीमित नभई बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा दीर्घकालीन रूपमा पुनःस्थापना गर्ने योजना बनाउन सरकारलाई सुझाव दिने भएको छ । बाढी तथा पहिरोको जोखिम नरहेका सुरक्षित स्थान पहिचान गरी त्यहाँ व्यवस्थित बस्ती र विद्यालय निर्माण गर्नुपर्ने सभापति शेरचनले बताउनुभयो ।

पुनःस्थापनाको योजना बनाउँदा आवाससँगै शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत पूर्वाधारलाई समेत एकीकृत रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

समितिले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको अवस्थाबारे जानकारी लिन नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरको अनुगमन गरेको हो । अनुगमनका क्रममा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय तथा उद्धारमा खटिएका अधिकारीसँग प्रभावित क्षेत्रको अवस्था, तत्कालीन आवश्यकता र सरकारले गर्नुपर्ने कामबारे जानकारी लिइएको थियो ।

स्थलगत रूपमा संकलन गरिएको तथ्यांक र वास्तविक अवस्थाका आधारमा समितिले सरकारलाई अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापनाका लागि सुझाव दिने सभापति शेरचनले बताउनुभयो । उहाँले तत्कालीन राहत व्यवस्थापनभन्दा दीर्घकालीन पुनःस्थापना थप चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो ।