६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह News Polar एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै News Polar नेकपा एमाले केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक शुरु News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा News Polar भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु News Polar डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट News Polar कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार News Polar आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार News Polar परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
अ+ अ-

हुम्ला। कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ ।

दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला/ठूला ढुङ्गा थुप्रिएका छन् । पहिरो खस्ने क्रम अझै नरोकिएको र सडकमा खसेका ढुङ्गा सामान्य ‘स्काभेटर’ले हटाउन नसकिने भएकाले विस्फोट गराएर फुटाउनुपर्ने अवस्था आएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार “ठूला ढुङ्गा खसेकाले स्काभेटरबाट मात्रै हटाउन सम्भव देखिएन । ड्रिल मेसिन प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ ।”

उहाँका अनुसार विष्फोटनका लागि आवश्यक तयारी भइरहेको भए पनि मौसम तथा अन्य प्राविधिक अवस्थाले साथ दिएन भने सडक सञ्चालनमा ल्याउन करिब एक साता अझै लाग्न सक्ने देखिएको छ । यसको लागि आवश्यक बजेटको समेत व्यवस्थापन गर्नुपर्ने भएको छ यद्यपि आयोजना कार्यालयले सडक खुलाउन निरन्तर काम गरिरहेको बताउनुभयो ।

पहिरोका कारण सडकबाट नियमित आवतजावत गर्न नसकेपछि यात्रुहरू जोखिम मोलेर वैकल्पिक बाटोअर्थात् सडकको भिरतर्फ डोरी लगाएर भर्याङ बनाई यात्रुहरू वारपार गरिरहेका स्थानीय कमल बुढाले बताउनुभयो ।

ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक रिमिलाल बुढाले निकै कठिनपुर्ण यात्रा गरेर सिमकोट पुगेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न सरोकारवाला निकाससँग सम्पर्क गर्दा उपाय नलागेपछि हामीले अन्तिम विकल्पको रुपमा भर्याङ लगाएर डोरीको सहायतमा भिर छिचोलेर सारै कष्टकर र जोखिम यात्रा झेलेर सदरमुकाम सिमकोट पुगेका हौँ ।”

सडक अवरुद्ध भएपछि कर्णाली करिडोर हुँदै हुम्ला आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् । आयोजना प्रमुख नेपालीले सडक खुलाउन प्राविधिक टोली र आवश्यक उपकरण परिचालनको काम भइरहेको जनाउँदै जोखिमपूर्ण अवस्थामा यात्रुहरूलाई भिरबाट आवतजावत नगर्न आग्रहसमेत गर्नुभयो ।

शुक्रबार दिउँसो सडक अवरुद्ध भएपछि सिमकोट हुँदै सुर्खेत नेपालगञ्ज तथा नेपालगञ्ज हुँदै सिमकोट कैलाश मानसरोवर दर्शन गर्न जाने यात्रुहरु अलपत्र परेका छन् । रासस