१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगु रोक्न एकसाथ अभियान



अ+ अ-

सुनसरी । धरानमा महामारीका रूपमा फैलिएको डेंगु नियन्त्रणका लागि उपमहानगरका २० वटै वडामा एक साथ सर्च एन्ड डिस्ट्रोय अभियान सञ्चालन गरिने भएको छ ।

वडा १३ अध्यक्ष नेत्र काफ्लेको संयोजकत्वमा गठन भएको समितिले सबै वडामा एक साथ अभियान तीव्र चलाउने निर्णय गरेको हो ।

धरानमा रहेका ३ सय ६१ टोल विकास समितिलाई सक्रिय बनाउँदै अन्य विभिन्न संघसंस्थालाई परिचालन गर्न लागिएको संयोजक काफ्लेले बताए । ‘जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश र संघीय सरकारले कुनै ठोस योजना र नीति नबनाएकाले समितिले आफैं ६ महिनासम्म अभियान चलाउने निर्णय गरेको छ ।’ उनलेआफ्ना घर–आँगनमा रहेका गमला, प्लास्टिक बोतल, टायर, पानी राखिएको खुला ट्यांकीको व्यवस्थापन नगर्नेलाई कारबाही गर्ने निर्णय गरिएको बताए ।

वैशाख अन्तिम साताबाट फैलिएको डेंगु संक्रमण नियन्त्रणका लागि ठोस पहल हुन सकेको छैन । प्रदेश, संघीय र स्वास्थ्य मन्त्रालय मातहतका उच्च अधिकारीहरू स्थलगत भ्रमण गर्ने र तथ्यांक संकलन गर्ने काममा मात्र सक्रिय छन् । उनीहरू ठोस रणनीतिबिना आउने, छलफल गर्ने र फर्कने गरेका छन् ।

वैशाख २९ गतेयतादेखि धरानमा मात्र ४ हजार ५ सय जना संक्रमित भइसकेका छन् । तर यो संख्या बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलमा पुगेर रगत परीक्षण गर्दा डेंगु भएकाको मात्र हो । वास्तविक तथ्यांक यो भन्दा दोब्बर रहेको अनुमान छ । घरैपिच्छे डेंगुका बिरामी छन् ।

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले भने, ‘धरानमा फैलिएको डेंगु उपमहानगरपालिका एक्लैले नियन्त्रण गर्न नसक्ने अवस्था आएपछि हामीले इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, संघीय सरकारको स्वास्थ्य मन्त्रालय, धनकुटाको स्वास्थ्य कार्यालय, जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेखेर एकीकृत रूपमा आर्थिक, प्राविधिक र दक्ष जनशक्ति तत्काल पठाउन अनुरोध गरेका थियौं । तर कतैबाट पनि जवाफ आएन,’ उनले भने ।

लमजुङमा पनि बिरामी
लमजुङमा पनि डेंगुका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले २ जनामा डेंगु देखिएको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उनीहरूमा डेंगुदेखिएको विवरण पठाएको उनले बताए । जिल्लामा यसको परीक्षण गर्ने ल्याब मेसिन छैन ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।