५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

स्यालको आक्रमणबाट  १० जना मानिस र केही पशु चौपाया घाइते
अ+ अ-

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका घटना बढेको पाइएको छ ।

नजिकैको जङ्गलबाट आएका स्यालका हूलले मानिस र पशु चौपायालाई आक्रमण गरी घाइते तुल्याउने क्रम बढेको छ । स्यालको टोकाइबाट बितेको २० दिन यता नगरपालिका विभिन्न क्षेत्रमा १० जना घाइते भएको वडा नं ६ का वडाध्यक्ष सन्तलाल घिसिङले जानकारी दिनुभयो ।

गएको शुक्रबार साँझ मात्रै सोही वडामा एक बालिकासहित चार जनालाई स्यालले आक्रमण गरेको हो । स्यालको आक्रमणबाट हालसम्म तीन दर्जनभन्दा बढी पशुचौपाया घाइते भएका छन् ।

स्यालको आक्रमणबाट पछिल्लो समय स्थानीय ३० वर्षीया शर्मिला मैनाली, ३५ वर्षीया सावित्रा कुमारी मैनाली, ५७ वर्षीया देवमाया शिवाकोटी र दुई वर्षीया बालिका गोपिकाकुमारी महतो घाइते हुनुभएको छ । उहाँहरूलाई साँझ घर वरपर काम गरिरहेको अवस्थामा स्यालले आक्रमण गरेको थियो । उहाँहरूको हात, खुट्टासहित शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

स्यालको आक्रमणबाट त्यस नगरपालिका–१, ६ र ८ बढी प्रभावित रहेको पाइएको छ । वनक्षेत्र नजिकै भएकाले मानव बस्तीमा पसी दिउँसो नै स्यालले मानिस र पशु चौपायालाई आक्रमण गर्न थालेपछि सर्वसाधारणलाई घर बाहिर निस्कन समेत डर मान्न पर्ने स्थिति बनेको स्थानीय रमेश लामा बताउनुहुन्छ ।

स्यालको आक्रमणका घटना बढेपछि स्याल नियन्त्रणका लागि डिभिजन वन कार्यालयसँग समन्वय भइरहेको नगरप्रमुख रमेश बुडाथोकी बताउनुभयो । “केही दिनयता स्यालले नगर क्षेत्रका केही गाउँमा आतङ्क मच्चाएको छ,” उहाँले भन्नुभयो, “हामीले वन कार्यालय र पुलिस प्रशासनलाई समेत खबर गरी स्याल नियन्त्रण गर्न आग्रह गरेका छौँ ।”

स्यालको आक्रमणबाट घाइते मानिस र पशु चौपायालाई रेबिज सङ्क्रमण नहोस् भनी पालिकाले प्रदेश सरकारसँग समन्वय गरी आवश्यक खोप लगाउने काम गरिरहेको नगर स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार, पछिल्ला दिनमा स्वास्थ्यकर्मी र पशु चिकित्सकको टोली गाउँ–गाउँमै पुगेर घाइतेको उपचार गरिरहेको छ ।